अन्तर्राष्ट्रिय बजारमा भाउ बढेसँगै नेपालमा पनि मंगलबार सुनचाँदी दुबैको भाउ बढेको छ । आइतबार बढेको सुनचाँदीको भाउ सोमबार घटेकोमा मंगलबार पुनः भाउ बढेको हो ।
नेपालमा सुनचाँदीको भाउ निर्धारण गर्दै आएको नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिनको तुलनामा सुनको भाउ ४०० रुपैयाँ र चाँदीको भाउ ५ रुपैयाँले बढेको हो ।
आज छापावाल सुनको भाउ ९१ हजार ८०० रुपैयाँ, तेजावी सुन ९१ हजार ३०० रुपैयाँ र चाँदी १ हजार १८० रुपैयाँ निर्धारण गरिएको छ ।
सोमबार छापावाल सुन ९१ हजार ४०० रुपैयाँ, तेजावी सुन ९० हजार ९०० रुपैयाँ र चाँदी १ हजार १७५ रुपैयाँमा कारोबार भएको थियो ।
आइतबारको तुलनामा सोमबार सुन तोलामा ४०० र चाँदी १० रुपैयाँले घटेर कारोबार भएको थियो । आइतबार भने शुक्रबारको तुलनामा सुन तोलामा ३०० रुपैयाँ र चाँदीको भाउ तोलामा १५ रुपैयाँले बढेर कारोबार भएको थियो ।
आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १६७२ डलर तथा चाँदी प्रतिऔंस १९.४६ डलर हाराहारीमा कारोबार भैरहेका छ । अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको आधारमा महासङ्घले स्थानीय बजारमा दैनिक (आइतबारदेखि शुक्रबारसम्म) कारोबार हुने सुनचाँदीको मूल्य तोक्ने गरेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया