मिर्मिरे माइक्रोफाइनान्सले पूँजी अनुसार बढाउन सकेन कमाई


मिर्मिरे माइक्रोफाइनान्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ३ करोड ५९ लाख ५८ हजार रुपैंया खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको यसै अवधिमा माइक्रोफाइान्सले २ करोड २ करोड १२ लाख १४ हजार रुपैंया खुद नाफा कमाएको थियो ।

गत आर्थिक वर्षको यसै समयमा ४ करोड ५० लाख रुपैंया रहेको चुक्ता पूँजीलाई माइक्रोले अहिले १३ करोड ११ लाख ९९ हजार रुपैंया बनाएको छ । चुक्ता पूँजी झण्डै ३ गूणाले बढाउँदा कमाए दोब्बर पनि नबढे पछि लघुवित्तको प्रतिशेयर आम्दानीमा भारी संकुचन आएको छ ।

यद्यपी माइक्रोफाइनान्सको प्रतिशेयर आम्दानी ३७ रुपैंया २३ पैसा कायम भएको छ । मूल्य आम्दानी अनुपात २४.३४ गूणाले बढी रहेको माइक्रोफाइनान्सको प्रतिशेयर नेटवर्थ १५४ रुपैंया ३ पैसा छ । लघुवित्तको जगेडा कोषको आकार समीक्षा अवधिमा ५ करोड रुपैंयाबाट बढेर ७ करोड नाघेको छ ।