ब्रोकर एशोसिएसनको आयोजनामा असोज ७ गते रक्तदान कार्यक्रम

0
Shares

स्टक ब्रोकर एशोसिएसन नेपालले यहि असोज ७ गते शुक्रबार रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ ।

संघले आउँदै गरेका चाडपर्वहरुलाई मध्यनजर गर्दै शुभकामना आदन प्रदान तथा रक्तदान कार्यक्रम एकसाथ गर्न लागिएको जनाएको छ ।

एशोसिएनले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य क्षेत्रमा कम्तिमा एउटा कार्यक्रम गर्ने निर्णय गरे बमोजिम आगामी शुक्रबार बिहान साढे ८ बजे स्काइ दरबार व्याङकेट बग्गिखाना दक्षिणढोकामा उक्त कार्यक्रम गर्न लागेको जानकारी दिएको छ ।

संघले रक्तदान कार्यक्रमसँगै आउँदै गरेको दशैं, तिहार तथा छठ लगायत पर्वको शुभकामना आदान प्रदान कार्यक्रम समेत राखेको छ । एशोसिएनले उक्त दुवै कार्यक्रममा आफ्ना सदस्य, कर्मचारीहरु तथा लगानीकर्ताहरुलाई उपस्थित हुनका लागि आग्रह गरेको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ५ आश्विन २०७९, बुधबार  १२ : २२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।