सानिमा इक्विटी फन्डको २२ प्रतिशत प्रतिफल लाभांश पाउन बिहीबारसम्म इकाईधनी बन्नुपर्नेछ ।
इकाईधनीहरुलाई वितरण गर्न प्रस्ताव गरेको २२ प्रतिशत प्रतिफल वितरण प्रयोजनका लागि फण्डले असोज ९ गते आइतबार इकाईधनी दर्ता किताब बन्द (बुकक्लोज) मिति तय गरेको छ ।
यसअनुसार असोज ६ गते बिहीबारसम्म नेप्सेमा इकाई कारोबार भई कायम रहेका सेयरधनीले मात्र प्रस्तावित लाभांश हात पार्नेछन् । फन्डले योजनाको आकार १ अर्ब ३० करोड रुपैयाँको २२ प्रतिशतले हुन आउने २८ करोड ६० लाख रुपैयाँ लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
सानिमा इक्विटी फण्ड नामक योजनाको आर्थिक वर्ष २०७७/७८ सम्मको मुनाफा तथा सञ्चित रकमबाट योजनाका इकाईधनीहरुलाई ३३ प्रतिशत प्रतिफल वितरण गरेको थियो । गत आवको लाभांश अघिल्लो आवको तुलनामा १० प्रतिशत कम हो ।










प्रतिक्रिया