सिटिजन्स बैंकले गत आर्थिक वर्षको नाफाबाट बोनस नबाँड्ने

0
Shares

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट बोनस नबाँड्ने भएको छ । बैंकको असोज ६ गते बिहिबार सम्पन्न ४०३ औं सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई नगद लाभांश मात्र वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंठकले आर्थिक वर्ष २०७८–७९को मुनाफाबाट २०७९ असार मसान्तको चुक्ता पुँजी १४ अर्ब २० करोड ९ लाख ७४ हजार ६ रुपैयाँको ९ प्रतिशतले हुने १ अर्ब २७ करोड ८० लाख ८७ हजार ६६१ रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

बैंकले यसअघि बोनस वितरण गर्दै आएको गत आबाट भने नगद लाभांश मात्र बाँड्ने भएको हो ।

अघिल्लो आव २०७७/७८ बाट बैंकले चुक्ता पुँजीको १२.९१३ प्रतिशत बोनस सेयर र ३.०८७ प्रतिशत गरी कुल १६ प्रतिशत लाभांश वितरण गरेको थियो । अघिल्लो आवको तुलनामा बैंकले ७ प्रतिशत कम लाभांश वितरणको प्रस्ताव गरेको हो ।

सिटिजन्स बैंक वाणिज्य बैंकहरुमा सबैभन्दा पहिला लाभांश घोषणा गर्ने बैंक समेत बनेको छ ।

आ.व २०७८/७९ को वितरण योग्य मुनाफाबाट सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र लगानीकर्ताले पाउनेछन् ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८० वटा शाखा, १३२ वटा ए.टि.एम. र ९६ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १४ लाख ७० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।