सानिमा इक्विटी फन्डको इकाईमूल्य समायोजन

0
Shares

सानिमा इक्विटी फन्डको इकाईमूल्य समायोजन भएको छ ।

फन्डले गत आर्थिक वर्षको नाफाबाट प्रसतव गरेको चुक्ता पुँजीको २२ प्रतिशत नगद लाभांशपछि मूल्य समायोजन भएको छ ।

नेप्सेले फन्डको इकाई समायोजनपछि प्रतिइकाई १०.१९ रुपैयाँ निर्धारण गरेको छ । बिहीबार कारोबार भएको अन्तिम मूल्य १२.३९ रुपैयाँलाई आधार मानेर इकाईको मूल्य समायोजन गरिएको हो । यससँगै अब आइतबार समायोजित मूल्यलाई आधार मानेर फन्डको इकाईको कारोबार खुल्नेछ । 

नेप्सेले बजारमूल्यको दश प्रतिशतभन्दा बढी नगद लाभांश वितरण गर्ने कम्पनीको मूल्य समायोजन गर्दै आएको छ । बोनसमा भने १ प्रतिशत बोनसमा पनि मूल्य समायोजन हुँदै आएको छ ।

फन्डले प्रतिफल वितरण प्रयोजनका असोज ९ गते आइतबार बुकक्लोज मिति तोकेको छ । यसअनुसार बिहीबारसम्म नेप्सेमा इकाईधनी कायम लगानीकर्ताले मात्र उक्त लाभांश पाउनेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

 

प्रकाशित मिति: ७ आश्विन २०७९, शुक्रबार  १५ : १२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।