कुमारी बैंकको तीन अर्बको डिबेञ्चर बाँडफाँड

0
Shares

कुमारी बैंक लिमिटेडले निष्कासनमा ल्याएको १० वर्षे अवधिको “११% केबिएल डिबेन्चर २०८९” बाँडफाँड भएको छ ।

असोज ७ गते शुक्रबार रित पुर्वक आवेदन दिने सम्पूर्ण आवेदकहरुलाई ३० लाख कित्ता ऋणपत्र बाँडफाँड गरिएको हो । जसमा सार्वजनिक निष्काशन तर्फ माग भए बमोजिम नै ऋणपत्र बाँडफाँड गरिएको छ भने व्यक्तिगत तवरमा आवेदन आएकोमा समानुपातिक आधारमा बाँडफाँड गरिएको बैंकले जनाएको छ ।

बैंकको ऋणपत्रमा व्यक्तिगत तथा सर्वसाधारण गरी ३ अर्ब १५ करोड बराबर को आवेदन प्राप्त भएको थियो ।

बैंकले भदौ १७ देखि ३१ गतेसम्म एक हजार रुपैयाँ अंकित दरमा कुल ३० लाख कित्ता ऋणपत्रको निष्काशन गरेकोे थियो । उक्त ३ अर्ब बराबरको ऋणपत्र मध्ये १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गरेको हो भने १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि सार्वजनिक निष्कासन खुला गरेको थियो ।

बैंकले जारी गरेको तीन अर्बको उक्त डिबेञ्चरमा लगानीकर्ताले वार्षिक ११ प्रतिशत व्याजदर पाउनेछन् ।

आफ्ना देशव्यापी १९९ शाखा सञ्जाल, १९५ एटिएम, ५३ शाखा रहित बैंकिङ्ग इकाई तथा ३४ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक सेवा सुविधाहरु प्रदान गर्दै आएको कुमारी बैंकले आगामी दिनहरुमा अझ सुरक्षित, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लग्ने प्रतिबद्धता जनाएको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ७ आश्विन २०७९, शुक्रबार  १८ : ०३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।