बैंकहरुको दशैं, तिहार र छठ लक्षित उच्च ब्याजदर, बीमा छुट र थप सेवाका अफर सार्वजनिक, कसको कस्तो ?

0
Shares

नेपालीहरुको महान् पर्व बडादशैं नजिकिँदै गर्दा दशैं तिहारलाई लक्षित गर्दै बैंकहरुले विभिन्न किसिमका अफरहरु सार्वजनिक गर्न थालेका छन् ।

अन्य समयमा भन्दा चाडपर्वका बेला बढी नगद कारोबार हुने भएकाले पनि बैंकहरुले सर्वसाधरणलाई आफुतर्फ आकर्षित गर्नका लागि दशैं अफरहरु ल्याएका हुन् । अधिकांश बैंकहरुले दशैँ, तिहार र छठलाई लक्षित गर्दै उच्च ब्याजदर, छुट र थप सेवा र बीमा लगायतका अफरहरु समेत सुरु गरेका हुन् ।

कुन बैंकको कस्तो छ योजना ?

१. प्रभु बैंकको नयाँ योजना ‘रेमिटेन्स पठाउँ, उच्च ब्याज कमाउँ’

आउँदै गरेको बडादशैं, दीपावली तथा छठ पर्वलाई लक्षित गरी प्रभु बैंकले ‘रेमिटेन्स पठाउँ, उच्च ब्याज कमाउँ’ योजना सार्वजनिक गरेको छ । बैंकले विदेशमा दुःख गरी आर्जन गरेको पैसा स्वदेशमा विप्रेषण गरी बैंक खातामा निक्षेपको रुपमा जम्मा गर्दा प्रभु उन्नती मुद्धती खातामा वार्षिक १५.१३ प्रतिशत प्रदान गर्ने भएको छ । यो हाल बैंकहरुले रेमिट्यान्स बचतमा प्रदान गरिरहेको सबैभन्दा उच्च ब्याजदर हो ।

त्यस्तै बैंकले प्रभु उन्नती बचत खातामा बार्षिक १०.१३ प्रतिशत ब्याजदर प्रदान गर्ने भएको छ । उक्त ब्याजदरले विदेशमा आर्जन गरेको पैसाले उचित प्रतिफल पाउने र विप्रेषणको माध्यमबाट औपचारिक रुपमै नेपालमा भित्रिन पे्ररणा प्रदान गरी देशको आर्थिक विकासमा टेवा पुग्ने विश्वास बैकले लिएको छ । यो योजना आगामी असोज १ देखि लागू भएको हो ।

२. ग्लोबल आइएमई बैंकको दशैं योजना, एससिटी डेबिट कार्ड प्रयोगकर्तालाई दशैंमा ३३.३३ प्रतिशत क्यासब्याक

दशैँ तिहारलाई लक्षित गर्दै ग्लोबल आइएमई बैंकको योजना सार्वजनिक गरेको छ । बैंकले एससिटी डेबिट कार्ड प्रयोगकर्तालाई दशैंमा ३३.३३ प्रतिशत क्यासब्याक प्राप्त गर्न भएको छ । बैंकले स्मार्ट च्वाइस टेक्नोलोजिज् सँगको सहकार्यमा यसपालीको दशैंका लागि एससिटी डेबिट कार्ड भएका ग्राहक लक्षित एससिटी तथा यूपीआई कार्डको दमदार दशैं धमाका थ्री–डि अफर” अन्तर्गत ग्राहकहरुले क्यासब्याक प्राप्त गर्ने भएको छ । यो योजना हालसम्मकै सबैभन्दा ठूलो क्यासब्याक अफर हो जहाँ कुनै पनि प्वाइन्ट अफ सेल टर्मिनलहरूमा भुक्तानी गरी कारोबार गर्ने एससिटी डेबिट कार्ड होल्डर ग्राहकहरूले ३३.३३ प्रतिशत अर्थात रु. १ हजार ९अधिकतम० सम्म क्यासब्याक पाउने छ ।

यस योजनापश्चात एससिटी कार्ड होल्डर ग्राहकहरूलाई एससिटी कार्ड मार्फत गरिने ग्राहकहरूको विश्वास बढाउन सकिने बैंकले जनाएको छ । असोज १ गतेदेखि दशैंभर चल्ने यो योजनामा कम्तिमा ३ वटा पस कारोबार गर्ने कार्ड होल्डरलाई रु. ५०० तथा कम्तिमा ६ वटा पस कारोबार गर्ने कार्ड प्रयोगकर्तालाई रु. १ हजार क्यासब्याक प्रदान गरिने छ । क्यासब्याक प्राप्त गर्न हरेक पटकको कारोबार भुक्तानी रकम कम्तीमा ५०० को हुनुपर्नेछ जसमा दिनको एउटा कारोबारलाई मात्र गणना गरिने छ ।

  • ग्लोबलको २ वर्षमै २ गुणा हुने मुद्दती योजना

ग्लोबल आइएमई बैंकले दशैं तिहारलाई लक्षित गर्दै २ वर्षमै २ गुणा हुने मुद्दती योजना ‘ग्लोबल आइएमई धनवृष्टि मुद्दती योजना’ सार्वजनिक गरेको छ । यस मुद्दती निक्षेप योजनाअन्तर्गत ग्राहकहरुले २ वर्षमै आफ्नो मुद्दती निक्षेप दोब्बर गर्न सक्न बैंकले जनाएको छ ।

योजना अन्तर्गत मुद्दती निक्षेप खाता खोल्नको लागि निक्षेपकर्ताले कुनै निश्चित रकम छनोट गर्नुपर्नेछ । २ वर्षको समयावधिमा दोब्बर रकम प्राप्त गर्न निक्षेपकर्ताले हरेक त्रैमासमा छनोट गरेको रकमको १० प्रतिशत रकम जम्मा गर्दै जानुपर्ने बैंकले जनाएको छ । यस योजनामा सहभागिताको लागि न्यूनतम मौज्दात १० हजार रुपैयाँ रहेको छ । आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता योजनाहरु ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको छ ।

३. नबिलको ‘दशैं तिहार घर कर्जा धमाका’ योजनामा मूल्याङ्कनको ७०५ सम्म कर्जा

नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गर्दै नबिल बैंकले ‘दशैं तिहार घर कर्जा धमाका’ नामक आवास कर्जा योजना ल्याएको छ । यस योजना अन्तर्गत बैंकले आकर्षक ब्याजदरका साथ प्रशासनिक शुल्कमा छुट तथा निःशुल्क क्रेडिट कार्ड योजना ल्याएको छ । यस आवास कर्जा घर खरिद, घर निमार्ण, तल्ला थप, रंग रोगनका लागि उपलब्ध गरिएको बैंकले जनाएको छ ।

बैंकका अनुसार पहिलो घर खरिदकर्ताका लागि घरको मूल्याङ्कनको ७० प्रतिशतसम्म कर्जा लिन सक्ने प्रावधान रहने र सामान्य अवस्थामा ६० प्रतिशतसम्म कर्जाको व्यवस्था गरिएको बैंकले जनाएको छ । ३५ वर्ष सम्मकोे कर्जा अवधि सुविधा भएको यस आवास कर्जामा सरल र सानो किस्ताबाट विस्तारै कर्जा चुक्ता गर्ने सुविधा पनि नबिल बैंकले प्रदान गरेको छ । यो योजना सिमित अवधिका लागि ल्याइएको पनि बैंकले जनाएको छ ।

४. मुक्तिनाथ विकास बैंकको दशैँ योजना आशिर्वाद बचत खाता

मुक्तिनाथ विकास बैंकले दशैँ तिहारलाई लक्षित गर्दै आशिर्वाद बचत खाता योजना सार्वजनिक गरेको छ । बैंकले नेपालमै पहिलो पटक सर्वाधिक १ करोड १ लाख रुपैयाँसम्मको बीमा सुविधा दिने “मुक्तिनाथ आशिर्वाद बचत खाता” योजना सञ्चालनमा ल्याएको हो ।
मुक्तिनाथ आशिर्वाद बचत खाता गोल्डमा न्यूनतम ५० हजार मौज्दात राखेर खाता खोल्नु हुने खातावालाहरुले आफनो लागि २१ लाख र परिवारको २ जना सदस्यहरुको लागि ३० लाख गरी कुल ५१ लाख सम्मको बीमा सुविधा दिने भएको छ । साथै विभिन्न १५ वटा बैंकिङ्ग सेवाहरुमा समेत छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

यसैगरी मुक्तिनाथ आशिर्वाद बचत खाता प्लाटिन मा न्यूनतम एक लाख मौज्दात राखेर खाता खोल्नु हुने खातावालाहरुले आफनो लागि २१ लाख र परिवारको ४ जना सदस्यहरुको लागि ८० लाख गरी कुल १ करोड १ लाख सम्मको बीमा सुविधा दिने भएको छ भने विभिन्न १५ वटा बैंकिङ्ग सेवाहरुमा छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । बीमा सुविधा अन्तर्गत आवधिक बीमा, दुर्घटना बीमा र १८ वटा घातक रोगको बीमा हुने बैंकको भनाई छ ।

५. एनआईसी एशिया बैंकको दशैं–तिहार महोत्सव’ योजना सार्वजनिक

नजिकिँदै गरेको दशैँ तिहारलाई लक्षित गर्दै एनआईसी एशिया बैंकको ‘दशैं–तिहार महोत्सव’ योजना सार्वजनिक गरेको छ । जस अन्तर्गत बैंकले भाटभटेनी, सेल्सबेरी, बिगमार्ट, साथीमार्ट लगायतमा विभिन्न सामग्री खरिद गरी डिजिटल भुक्तानी गर्दा २० प्रतिशत सम्म क्यासब्याक तथा छुट समयअनुरुप ग्राहकमैत्री योजना ल्याएको छ ।

बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्नका निमित्त नेपालीहरूको महान चाड दशैं, तिहार, छठ लगायतका पर्वको पावन अवसरमा आफ्ना ग्राहकहरू समक्ष ‘दशैं–तिहार महोत्सव’ योजना सार्वजनिक गरेको छ ।

यस योजनामार्फत भाट्भटेनी सुपरमार्केट, सेल्सबेरी, बिगमार्ट, साथीमार्ट (५ वटा शाखामा) लगायत दर्जनौ मर्चेन्टहरूमा विभिन्न सामग्री खरिद गरी डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्म क्यासब्याक तथा छुट प्राप्त हुने छ । जसअनुसार २०७९ आश्विन १ देखि २०७९ कार्तिक १५ सम्म भाट्भटेनी सुपरमार्केटबाट तयारी पोसाक तथा जुत्ताचप्पल खरिद गरी यस बैंकको डेबिट वा क्रेडिट कार्डमार्फत एइक् भुक्तानी गर्दा बैंकको तर्फबाट १० प्रतिशत वा ५०० सम्म छुट प्राप्त गर्न सक्नछन् ।

त्यसैगरी सोही अवधिभर सेल्सबेरी, बिगमार्ट एवं साथीमार्टबाट विभिन्न सामग्रीहरू खरिद गरी यस बैंकको डेबिट वा क्रेडिट कार्डमार्फत तथा मोबाइल बैंकिङ्ग ३ सय रुपैयाँसम्म छुट तथा क्यासब्याज उपलब्ध हुनेछ । त्यसैगरी, विभिन्न अनलाईनमार्फत किनमेल गरी ई–कमर्श भुक्तानी गर्दा तथा अन्य विभिन्न शपिङ्ग स्टोरहरूमा किनमेल गरी कार्ड एवं भुक्तानी गर्दा समेत आकर्षक छुट तथा क्यासब्याकको व्यवस्था रहेको छ ।

६. कुमारी बैंकको दशैँ अफरस् क्यास ब्याक र आईफोन १३ जित्ने मौका

कुमारी बैंकले एफ१सफ्ट प्रालि तथा फोनपेसँगको सहकार्यमा दशैँ, तिहार र छठ अफर ल्याएको छ । यसमा क्यासब्याक पाउनेदेखि आईफोन १३ जित्नेसम्मको मौका मिल्ने जनाइएको छ । यसअनुसार मोबाइल बैंकिङ टपअपमा असोज ४ देखि कात्तिक १३ सम्म एक भाग्यशाली ग्राहकले कम्तीमा ५ पटकको २ सयसम्मको टप अप गर्दा आईफोन १३ जित्न सक्नेछ । त्यस्तै भिसा कार्डका ग्राहकले पहिलोपटकको कारोबारमा न्यूनतम ३० प्रतिशत वा ३०० रुपैयाँसम्मको क्यासब्याक पाउनेछ ।

मोबाइल बैंकिङका क्युआर प्रयोगकर्ताले असोज १० देखि २३ गतेसम्म र कात्तिक ७ देखि १३ गतेसम्म पहिलो क्युआर कारोबारमा ३० प्रतिशत वा ३ सय रुपैयाँसम्म क्यासब्याक पाउनेछन् । त्यस्तै सोही मितिमा लागू हुने गरी ग्राहकले कार्ड र मोबाइल बैंकिङ ग्राहकमध्ये एक जनाले क्युआर कारोबारमा विद्युतीय स्कुटर जित्न सक्नेछन् ।

बैंकको मोबाइल बैंकिङ टपअप क्यासब्याकमा असोज १० देखि कात्तिक १३ सम्म अधिकतम ३० प्रतिशत वा सय रुपैयाँसम्म क्यासब्याक पाउनसक्नेछन् । टेलिकम, एनसेल र स्मार्टसेलमा कुमारी मोबाइल बैंकिङ एपबाट कारोबार गर्दा उक्त क्यासब्याक पाउन सकिनेछ । त्यसैगरी मोबाइल बैंकिङ डिजिटल दक्षिणा प्रयोगकर्ताले असोज १९ गते टीकाको साइतमा शतप्रतिशत क्यासब्याक पाउन सक्नेछन् । यस्तो उपहार २० ग्राहकले पाउन सक्नेछन् ।

  • कुमारी बैंकको रिकरिङ्ग निक्षेप योजनाः ५ देखि १०० गुणासम्म रकम वृद्धि गर्न सकिने

कुमारी बैंकले दशैंको मौका छोपेर निक्षेप संकलन बढाउने उदेश्यका साथ प्रारम्भिक बिज रकमलाई छोटो समयमै ५ देखि १०० गुणा वृद्धि गर्ने विशेष ‘धनबृद्धि रिकरिङ्ग मुद्दती’ योजना ल्याएको छ । ग्राहकहरुले आफ्नो चाहना तथा भविष्यको आवश्यकता अनुसार न्युनतम १० हजार देखि १० लाखसम्म प्रारम्भिक बिज रकम जम्मा गरि निम्न अनुसारको धनबृद्धि लक्ष्य प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

बैंकले २ वर्ष ८ महिना ३ दिनमा ५ गुणा, ५ वर्ष १ महिना ११ दिनमा १० गुणा, ७ वर्ष ५ दिनमा १५ गुणा, ८ वर्ष ६ महिना २७ दिनमा २० गुणा, १४ वर्ष ६ महिना १७ दिनमा ५० गुणा तथा १९ बर्ष ९ महिना १६ दिनमा १०० गुणा वृद्धि योजना सार्वजनिक गरेको हो ।

यस रिकरिङ्र्ग योजना अन्तर्गत, प्रारम्भिक बिज रकमको १० प्रतिशतको हिसाबले प्रत्येक महिना ग्राहाकको बचत खाताबाट सो मुद्दती खातामा रकम जम्मा हुने प्रावधान रहेको छ । असोज १ देखि लागू भएको यस योजनाबाट न्यून देखि उच्च आय वर्ग सबैलाई सुरक्षित भविष्यको आधार निर्माण हुने बैंकले जनाएको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।