निर्वाचन आयोगले अर्थ मन्त्रालयलाई बजेट बाहिरबाट गरिएको खर्चको विवरण २४ घण्टाभित्र बुझाउन निर्देशन दिएको छ ।
आयोगले असोज ७ गते शुक्रबार एक विज्ञप्ति जारी गर्दै निर्वाचन घोषणा भइसकेपछि मन्त्रालयबाट भएको बजेट बाहिरको खर्च विवरण बुझाउन निर्देशन दिएको हो ।
यस्तै, आयोगले आर्थिक वर्ष २०७९।८० को लागि स्वीकृत वार्षिक बजेट तथा कार्यक्रमहरुमा नपरेका विभिन्न नयाँ योजना सिर्जना गरी कार्यक्रम बनाएर अर्थ मन्त्रालय तथा निकायमा बजेट रकमान्तर निकासा र स्रोत सुनिश्चितता गरेको विषयमा पनि ध्यानाकर्षण भएको जनाएको छ ।
निर्देशन सम्बन्धी विज्ञप्ती जारी गर्दै आयोगले भनेको छ, ‘वार्षिक बजेटभन्दा पृथक हुनेगरी अर्थ मन्त्रालयबाट कुन–कुन मन्त्रालय र निकायहरुमा के–कति रकम कुन–कुन योजना तथा कार्यक्रमहरुमा रकमान्तर निकासा र स्रोत सुनिश्चितता गरिएको छ, छैन भन्ने विषयमा नेपाल सरकारका अर्थसचिवबाट २४ घण्टाभित्र आयोगलाई प्राप्त हुने गरी विवरण पेश गर्न निर्देशन दिएको छ ।’
आर्थिक वर्ष २०७९/८० का लागि स्वीकृत वार्षिक बजेट तथा कार्यक्रममा नपरेका विभिन्न योजना सिर्जना गरी कार्यक्रम बनाएर अर्थ मन्त्रालय तथा निकायमा बजेट रकमान्तर निकासा र स्रोत सुनिश्चितता गरेको विषयमा आयोगको ध्यानाकर्षण भएको समेत विज्ञप्तीमा उल्लेख छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया