.png)
मेगा स्टक मार्केट्स लिमिटेडले पुँजी वृद्धि गर्ने भएको छ ।
कम्पनीले असोज २३ गते आह्वान गरेको प्रथम विशेष साधारण सभा मार्फत पुँजी वृद्धि लगायत प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पेश गर्ने भएको छ ।
मेगा स्टक मार्केटले कामजा वडा नम्बर २८ स्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा असोज २३ गते बिहान १० बजे विशेष साधारण सभा बोलाएको हो ।
सभामा कम्पनीले नियमनकारी निकायहरूबाट कुनै फेरबदल गर्न निर्देशन प्राप्त भएमा सो अनुसार आवश्यक फेरबदल गर्न सञ्चालक समितिलाई अख्यितारी प्रदान गर्ने विशेष प्रस्ताव पनि राखेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया