भाट-भटेनीमा नेपालपे क्यूआरबाट भुक्तानी गर्दा १०% क्यासब्याक

0
Shares

भाट–भटेनी सुपरमार्केटका ग्राहकहरुले अब नेपालपे क्यूआर स्क्यान गरी भुक्तानी गर्दा १०% –अधिकतम रु १०० सम्मको) क्यासब्याक प्राप्त गर्न सक्ने भएका छन ।

क्यासब्याक अफर नेपाल भरीका भाटभटेनीका शाखाहरुमा असोज ९ देखि २२ गतेसम्म उपलब्ध हुने कम्पनीले जनाएको छ ।

डायनामिक क्यूआरका रुपमा हालै उक्त डिपार्ट्मेन्ट स्टोरमा उपलब्ध नेपालपे क्यूआरमा ग्राहकले आफ्नो मोबाइल बैंकिङ्ग वा वालेट वा कनेक्ट आइपिएस मोबाइल एपबाट सजिलै स्क्यान गरी भुक्तानी गर्न सक्दछन् ।

भाट–भटेनीमा नेपालपे क्यूआरे सेवा माछापुच्छ्रे बैंक, हिमालयन बैंक तथा मोको फोकसवान् सोलुसन्स्को सहकार्यमा सुचारु गरिएको हो । चाडपर्वको समयमा देशको सबै भन्दा ठूलो रिटेल स्टोरमा लागू गरिएको उक्त अफर मार्फत नगद रहित भुक्तानीलाई थप प्रोत्साहन हुने विश्वास गरिएको छ ।

हल नेपालपे क्यूआरको सुविधा एभरेष्ट बैंक, हिमालयन बैंक, माछापुच्छ्रे बैंक, मेगा बैंक, नेपाल क्रेडिट एण्ड कमर्स बैंक, एनआइसी एसिया, सानिमा बैंक, सनराइज बैंक, कामना सेवा बिकास बैंक, गुडविल फाइनान्स, आइसिएफसी फाइनान्स, सम्बृद्धि फाइनान्स,सेल पे, मोरु र कनेक्ट आइपिएस मोबाइल एपमा उपलब्ध रहेको छ भने अन्य बैंक वित्तीय संस्थामा पनि चाँडै नै उपलब्ध हुने छ ।

भुक्तानी गर्न ग्राहकले आफ्नो मोबाइल बैंकिङ्ग वा वालेट एपको क्यूआर स्कान स्क्रिनमा नेपालपेको लोगो रहेको यकिन गर्नुपर्ने एनसिएचएलले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।