इस्टर्न हाइड्रोपावरको आईपीओ बाँडफाँड, ५० लाखको सेयर बिकेन

0
Shares

इस्टर्न हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित क्षेत्र भोजपुर जिल्लाका सम्पूर्ण स्थानीय बासिन्दालाई जारी गरेको ५० लाख रुपैयाँ बराबरको सेयर अवितरित भएको छ ।

बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार ५० लाख ३१ हजार रुपैयाँ मूल्यको ५० हजार ३१० कित्ताका लागि आवेदन नपरेको हो ।

कम्पनीले भदौ ७ गतेबाट २८ गतेसम्म आयोजना प्रभावित क्षेत्र भोजपुर जिल्लाका सम्पूर्ण स्थानीय बासिन्दालाई कुल ६ करोड २० लाख रुपैयाँ बराबरको ६ लाख २० हजार कित्ता सेयर खुला गरेको थियो । जसमध्ये ५ करोड ६९ लाख ६९ हजार रुपैयाँ बराबरको ५ लाख ६९ हजार ६९० कित्ताका लागि आवेदन परेको थियो ।

उक्त आईपीओ असोज ९ गते आइतबार बाँडफाँड गरिएको बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ । अवितरित उक्त सेयर अब केही समयपछि लिलाम बढाबढमा बिक्री खुला गरिनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  । 

प्रकाशित मिति: १० आश्विन २०७९, सोमबार  १० : ४६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।