
हिमाल दोलखा हाईडो पावर कम्पनी लिमिटेडले हकप्रद सेयर जारी गर्नका लागि लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
सो सम्बन्धमा असोज ९ गतेका दिन कम्पनी र क्यापिटलबीच हकप्रद सेयर निष्कासन तथा बिक्री सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।
सम्झौतापत्रमा हिमाल दोलखा हाईड्राेपावर कम्पनी लिमिटेडको तर्फबाट अध्यक्ष रन्जना दाहाल र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजिव सापकोटाले हस्ताक्षर गरेका छन् ।
काठमाडौंमा रजिष्टर्ड कार्यालय रहेको यस हिमाल दोलखा हाईडो पावर कम्पनीको हालको चुक्ता पुँजी १ अर्ब ६० करोडको ७५ प्रतिशतको अनुपातमा हकप्रद सेयर जारी गर्नेछ ।
कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ दरमा एक अर्ब १२ करोड बराबरको एक करोड २० लाख कित्ता हकप्रद सेयर जारी गर्नेछ ।
कम्पनीले इलाम जिल्लाको इलाम नगरपालिका वडा न.९ १० मा माई खोला साना जलविद्युत आयोजना (४.५ मेगावाट) र माई नगरपालिका वडा न ९ मा रहेको माई साना क्यासकेड जलविद्युत आयोजना (८ मेगावाट) हाइडोपावर संचालन गरेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया