म्याग्नुस फर्माको ७ महिनामै आम्दानी अर्ब नाघ्यो, बजारमा औषधिको माग बढ्दा उच्च वृद्धि

0
Shares

औषधीको माग बढ्दै जाँदा म्याग्नुस फर्माले सन् २०२२ को ७ महिनामा (जनवरी–जुलाई) सम्म १ अर्ब १२ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । देशमा विभिन्न रोगको संक्रमण फैलिँदै गर्दा बजारमा औषधीको माग अत्याधिक बढेको हो । 

सन् २०२१ मा १ अर्ब १ करोड ६० लाख सञ्चालन आम्दानी गरेको ग्यानुसले सन् २०२२ को ७ महिना अवधिमा नै अघिल्लो आवको तुलनामा १० लाख ४० हजार रूपैयाँ बढी बढी आम्दानी गरेको छ ।

अघिल्लो आवमा १ अर्ब १ करोड ६० लाख रुपैयाँ आम्दानी गरेको कम्पनीले सन् २०२२ को जुलाई महिनासम्म आम्दानी बढाएर १ अर्ब १२ करोड रुपैयाँ पुर्‍याएको हो ।

सन् २००७ मा स्थापना भएको म्याग्नुस फर्माले फर्मास्यूटिकल्सले औषधिजन्य वस्तुहरु उत्पादन गर्दै आएको छ । बारामा रहेको औधिक प्लान्ट मार्फत म्याग्नुसले औषधिहरुको उत्पादन गर्ने गरेको छ । उक्त प्लान्टमा एन्टी–डायबेटिक, एन्टी–साइकोटिक, र एन्टी–हाइपरटेन्सिभ ड्रगहरु उत्पादन हुँदै आएको छ । उक्त प्लान्टबाट १९० प्रकारका औषधीहरु उत्पादन हुँदै आएका छन् ।

म्याग्नुस फर्माले दीर्घकालीन तथा अल्पकालीन ऋणको लागि क्रेडिट रेटिङ एजेन्सी, केयर नेपालबाट ट्रिपल बी र ए–३ प्लसको रेटिङ पाएको छ । म्याग्नुसले ५० करोड ८० लाख दीर्घकालीन ऋणको लागि ट्रिपल बी रेटिङ पाएको छ भने २५ करोड बराबरको फन्ड बेस्ड अल्पकालीन ऋणको लागि ए–३ प्लस रेटिङ पाएको छ । यसैगरी १५ करोड बराबरको नन्–फन्ड बेस्ड अल्पकालीन ऋणको लागि ट्रिपल बी रेटिङ पाएको छ ।

रेटिङका क्रममा केयर रेटिङले म्याग्नुसका सबल तथा दुर्बल दुबै पक्षलाई ध्यानमा राखेको छ । फर्मा क्षेत्रमा दुई दशक भन्दा धेरै समय काम गरेका सुधिर प्रकाश मास्के व्यवस्थापकीय निर्देशक रहेको म्याग्नुसको सबल पक्षमा अनुभवी प्रमोटरको साथ रहेको छ । यसैगरी अप्रेसन स्केल वृद्धि गर्दा पनि नाफा कमाउन सक्नु पनि यसको बलियो पक्ष रहेको छ ।

यसैगरी कर्जामा आधारित लगानी भएका कारण उक्त लगानी भित्राउन र त्यसको कार्यान्वयनमा आएको समस्याले जोखिम बढाएको छ । यसैगरी नेपालमा फर्मा कम्पनीहरुको सङ्ख्या वृद्धि भइरहेको कारण उच्च प्रतिस्पर्धा हुनु जस्ता समस्याहरुको सामना म्याग्नुसले सामना गर्नु परिरहेको अवस्था छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १० आश्विन २०७९, सोमबार  १६ : ४२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।