चिनियाँ स्मार्टफोन ब्रान्ड अनर एक्स सिक्सको एक्साइटिङ्ग दशैं अफर

0
Shares

चिनियाँ ब्रान्ड अनर एक्स सिक्स स्मार्टफोनको नेपालको आधिकारिक बिक्रेता सेलट्रोन नेपाल प्रालिले एक्साइटिङ्ग अफरका साथ दशैं अफर ल्याएको हो । नेपाली बजारमा हाल अनर एक्स सिरिजका एक्स सेभेन, एक्स एट र एक्स नाइन तथा अनर ५० लाइट फोन उपलब्ध छन् ।

विशेष ६ स्मार्ट फिचर भएको अनर एक्स सिक्सलाई किफायति मूल्यमा उत्कृष्ट एन्ट्रि लेभल स्मार्टफोन मध्येको एक मानिन्छ ।

सेलट्रोन नेपाल प्रालिले थप आकर्षक र सस्तो बनाउन विभिन्न प्रवद्र्धनात्मक योजनाहरु ल्याएको छ । जसमा ३ बन्डिङ्ग अफर ल्याएको छ । ग्राहकले तीन मध्ये एक अफर छनोट गरी सस्तो मूल्यमा कम्बो उत्पादनहरु प्राप्त गर्न सक्नेछन् ।

कम्पनीका अनुसार पहिलो बन्डिङ्ग अफर अन्तर्गत अनर एक्स सिक्स र एयरबड्स एक्स थ्री एक्स लाइटको कम्बो २० हजार ९९० रुपैयाँमा पाउनेछन् । यसअघि यसको मूल्य २३ हजार ९८० रुपैयाँ रहेको थियो ।

यस्तै दोस्रो बन्डिङ्ग अफर अन्तर्गत अनर एक्स सिक्स र अनर ब्याण्ड सिक्सको कम्बो २१ हजार ४९० रुपैयाँमा पाउनेछन् । यसअघि यसको मूल्य २४ हजार ९८० रुपैयाँ रहेको थियो ।

तेस्रो बन्डिङ्ग अफर अन्तर्गत अनर एक्स सिक्स, अनर ब्याण्ड सिक्स र अनर एयरबड्स एक्स थ्री एक्स लाइटको कम्बो २३ हजार ४९० रुपैयाँमा पाउनेछन् । यसअघि यसको मूल्य ३० हजार ४७० रुपैयाँ रहेको थियो ।

दोस्रो प्रमोशनल अफर ‘अनर स्क्यान एण्ड विन क्याम्पियन’ मा पहिलो बिक्रीका दिन अर्थात आजका प्रारम्भिक खरिदकर्ताले भाग लिन सक्नेछन् । खरिदकर्ताले क्यूआर स्कान गरी फारम भर्नुपर्न छ भने अनियमति रुपमा चयन गरिएका १० भाग्यशाली विजेताले अनर एयरबड्स एक्स थ्री एक्स लाइट निशुल्क पाउनेछन् ।

फोनको विशेषताहरुः

अनर एक्स सिक्समा ६.५ इन्चको टीएफटी एलसीडी डिस्प्ले छ । मिडियाटेक चिपसेट र एन्ड्रोइड १२ अपरेटिङ सिस्टममा आधारित फोन ४ जीबी ¥याम र ६४ जीबी इन्टर्नल स्टोरेजमा किन्न सकिन्छ ।

फोनमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा, २ मेगापिक्सेलको म्याक्रो क्यामेरा र २ दुई मेगापिक्सेलको डेफ्थ क्यामरा सेन्सर रहेको छ । सेल्फीका लागि ५ मेगापिक्सेलको क्यामेरा सेन्सर समावेश छ । त्यस्तै यसमा ५००० एमएएच क्षमताको ब्याट्री रहेको छ । सँगै यसमा फास्ट चार्जिङ प्रविधि रहेको कम्पनीको भनाइ छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।