नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले दशैंको अवसर पारेर आफ्नो उडान सेवा भएका सबै अन्तर्राष्ट्रिय सेक्टरहरुमा अनलाइन टिकेटिङ्ग मार्फत टिकट बुकिङ्ग सेवा शुरु गरेको छ ।
यात्रुले आफू बसेकै ठाउँबाट निगमको वेवसाइट नेपाल एयरलाइन्स डटकमडटएनपीबाट अनलाइन बुकिङ्ग गरी आफ्नो उडान गन्तव्यको टिकट खरिद गर्न सक्ने निगमले जनाएको हो ।
निगमले हाल दिल्ली, मुम्वई, बैंगलौर, दुवई, दोहा, हङ्गकङ्ग, क्वालालाम्पुर, बैंकक, नारिता र रियादमा आफ्नो सेवा प्रदान गर्दै आइरहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया