कुमारी र एनसीसी बैंकको सेयर कारोबार रोक्का

0
Shares

कुमारी बैंक लिमिटेड र एनसीसी बैंक लिमटेडको सेयर कारोबार रोक्का भएको छ ।

दुई बैंकबीच असोज १० गते सोमबार मर्जरमा जाने सम्झौतापछि असोज ११ गते देखि नेप्सेले दुबै बैंकको सेयर कारोबार रोक्का गरेको हो ।

प्रारम्भिक सम्झौता अनुसार दुई बैंक एक बराबर एक अनुपातमा मर्जरमा जाने भएका हुन् । कुमारी र एनसीसीले १ः१ अनुपातमा मर्जरमा जाने सम्झौता गरेका थिए । मर्जरपश्चात एकीकृत संस्थाको कारोबार कुमारी बैंकको नामबाट हुने सम्झौता छ ।

दुई बैंकबीच सोमबार मर्जर सम्बन्धि सम्झौतमा हस्तार भएको हो । कुमारी बैंकका मर्जर कमिटीका संयोजक कृष्णप्रसाद ज्ञवाली र एनसीसी बैंकका मर्जर कमिटी संयोजक चन्द्र बाँस्तोलाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

हाल कुमारी बैंकको चुक्ता पुँजी १४ अर्ब ७१ करोड ११ लाख रुपैयाँ छ । एनसीसी बैंकको चुक्ता पूँजी ११ अर्ब १३ करोड ९६ लाख रुपैयाँ छ । दुई बैंक गाभिएपछि चुक्ता पुँजी २५ अर्ब ८५ करोड हुनेछ ।

मर्जरपछि बैंकको प्रमुख कार्यकारी अधिकृतमा रमेशराज अर्याल हुने छन् । कुमारीका रामचन्द्र खनाल वरिष्ठ डेपुटी प्रमुख कार्यकारी अधिकृत हुनेछन् । मर्जरपछि बैंकको नाम कुमारी बैंक हुनेछ ।

चालु आर्थिक वर्षको पुससम्म मर्जरमा गई एकीकृत कारोबार गर्ने बैंकहरुले थप एक वर्षको सहुलियत पाउनेछन् । नेपाल राष्ट्र बैंकले मर्जर भई एकीकृत कारोबार गर्ने अवधि गत असारसम्म रहेकोमा थप गरी २०७९ पुस मसान्तसम्म कायम गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।