एनएमबि बैंकले आफ्ना ग्राहकहरूलाई कार्ड र मोबाइल बैंकिङ्ग छुट र क्यासब्याक सुविधा प्रदान गर्न विभिन्न स्टोर र ब्रान्डसँग सहकार्य गरेको जनाएको छ ।
बैंकले यस उत्सवलाई लक्षित गरी २ हजार रुपैयाँसम्म छुट सुविधाहरू प्रदान गरेको जनाएको छ । एनएमबि बैंकले २०७९, आश्विन १० देखि बडा दशैंमा बडा डिजिटल धमाका सुरु गरेको हो जस अन्तर्गत ग्राहकले मोबाइल बैंकिङ्ग र कार्ड प्रयोग गर्दा २००० सम्म पैसा बचत गर्न सक्नेछन् ।
डेबिट कार्डः एनएमबि बैंकको ग्राहकहरु डेबिट कार्ड बाट ई–कमर्शरपोसमा कारोवार गर्दा १०५ वा ३०० रूपैयाँसम्म क्यासब्याक पाइनेछ । क्रेडिट कार्ड स् एनएमबि बैंकको ग्राहकहरु क्रेडिट कार्ड बाट ई–कमर्शरपोसमा कारोबार गर्दा २०५ वा ५०० रूपैयाँसम्मको क्यासब्याक पाउनेछन्।
इ–एनएमबी एपः
एनएमबि बैंकको ग्राहकहरुल इ एनएमबी एपबाट एनटिसी–एनसेल टपअपमा ३५ रुपैयाँ तत्काल क्यासब्याक अफर पाउनेछन् । त्यस्को साथसाथै, इ एनएमबी एपबाट क्यूआर पेमेन्ट गर्दा १०५ वा २०० रूपैयाँसम्मको क्यासब्याक पाउन सकिनेछ ।
एनएमबिका ग्राहकहरूले निम्न छुटहरू, क्यासब्याक सुविधाहरू निम्न व्यापारीक स्थानहरूमा प्राप्त गर्न सक्नेछन् ।
| क्र.स. | ब्राण्ड र स्टोर | भुक्तानी विधि | छुट र नगद फिर्ता अफर |
| १ | इभो स्टोर | एनएमबिका डेबिट/क्रेडिट कार्ड र फ्ल्याट ने.रु. १,५०० को क्यासब्याक | ३ हजार भन्दा बढीको खरिदमा |
| २ | सिजी | एनएमबिका डेबिट/क्रेडिट कार्ड र २०% वा ने.रु. १,५०० को क्यासब्याक | ३ हजार भन्दा बढीको खरिदमा |
| ३ | IMS स्मार्ट | २५ हजार भन्दा बढीको खरिदमा | |
| ४ | हिम ईलेक्ट्रोनिक्स | एनएमबिका डेबिट/क्रेडिट कार्ड र फ्ल्याट ने.रु. १,००० को क्यासब्याक | २५ हजार भन्दा बढीको खरिदमा |
| ५ | योयोसो | एनएमबिका डेबिट/क्रेडिट कार्ड र eNMB | १५% वा ५०० रूपैयाँ क्यासब्याक |
| ६ | ग्यापु (अनलाईन) | एनएमबिका डेबिट/क्रेडिट कार्ड | १०% वा ने.रु. १,००० क्यासब्याक |
| ७ | सस्तोडिल (अनलाईन) | एनएमबिका डेबिट/क्रेडिट कार्ड | २०% वा ने.रु. २,००० क्यासब्याक |
एनएमबि बैंकको हाल देशभर २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु रहेका छन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया