महानगर यातायातको थप १० वटा टाटा अल्ट्रा बस सञ्चालनमा

0
Shares

काठमाडौं उपत्यकाको चक्रपथ परिक्रमामा निरन्तर सेवा दिँदै आएको महानगर यातायात काठमाडौं उपत्यका सार्वजनिक यातायात क्षेत्रको अग्रणी संस्था हो।

यस संस्थाले ३९ थान आकर्षक, सुविधा सम्पन्न र आधुनिक प्रविधि जडित यात्रुवाहक बस सञ्चालन गरी उत्कृष्ट सेवा प्रदान गर्दै आएकोमा असोज १० गते घटस्थापनाको दिनको शुभ अवसर पारेर थप १० थान टाटा एल.पी.ओ. ८.५ अल्ट्रा बस थपी सञ्चालनमा ल्याएको छ ।

सिप्रदी ट्रेडिङ्गका प्रमुख प्रबन्धक कृष्ण चन्दबाट प्राप्त जानकारीका आनुसार टाटा मोटर्सद्वारा उत्पादित यस बसमा १४० हर्ष पावरको शक्तिशाली इन्जिन रहेको छ।

हाइ व्यक सिट, मिडल डोर तथा पराबोलिक लिफ स्प्रिंग सस्पेन्सन रहेको यस गाडीले आरामदायी यात्रा सुनिश्चित गर्छ । यसको बडी भने बडी निर्माण कम्पनी मार्कोपोलो द्वारा गरिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।