ओरियन्टल होटल्सको साधारण सभा आज

0
Shares

ओरियन्टल होटल्स लिमिटेडले आज (असोज १३ गते) २५ औं वार्षिक साधारण सभा बोलाएको छ ।

प्रदर्शनी मार्गमा रहेको राष्ट्रिय सभा गृहस्थित सिटी हलमा बिहान ११ बजेबाट सुरु सभा हुनेछ । सभामा भर्चुअल माध्यमबाट समेत सहभागित जनाउन सकिनेछ ।

सभाबाट गत आर्थिक वर्ष २०७८।७९ को वार्षिक प्रतिवेदन पारित गर्ने, नाफा नोक्सान हिसाब एवं वार्षिक आर्थिक विवरणसँग सम्बद्ध वित्तीय विवरण पारित गर्ने प्रस्तावहरु छलफल तथा पारित हुनेछ । आर्थिक वर्ष २०७९–८० को लागि लेखा परीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि राखिएको छ ।

गत आर्थिक वर्षको नाफाबाट सभामा लाभांश सम्बन्धी भने कुनै प्रस्ताव छैन । कोभिड महामारीका कारण होटल नोक्सानीमा रहेकाले यस पटक होटले लाभांश वितरण नगरेको हो । हाल पर्यटकीय गतिविधि बढेकाले अब भने होटलको आम्दानीमा वृद्धि हुनेछ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि भदौ ३१ गतेदेखि असोज १३ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । भदौ ३० गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन पाउनेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १३ आश्विन २०७९, बिहिबार  १० : १८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।