माछापुच्छ्रे बैंकले ल्यायो नेपाल पे क्यूआरमा १० प्रतिशत क्यास ब्याक अफर

0
Shares

माछापुच्छे बैंकले एनसीएचएलसँगको सहकार्यमा नेपालीहरुको महान चाड विजया दशमीलाई लक्षित गरि भाटभटेनी सुपरमार्केटमा क्यूआरबाट कारोबार गर्दा क्यासब्याक अफर ल्याएको छ ।

चाडबाडको समयमा हुने किनमेलमा ग्राकहलाई विशेष सुविधा दिने उद्धेश्यले क्यासब्याक अफर संचालनमा ल्याएको हो । यो अफर यहि मिति २०७८ असोज ८ गते देखी असोज १४ गते सम्मका लागि लागु रहने छ । जस अन्तर्गत बैंकका ग्राहकल नेपाल पे क्यूआरबाट भाटभटेनी सुपरमार्केटमा कारोबार गर्दा एक पटकमा १० प्रतिशत वा अधिकतम १०० रुपैयाँसम्म क्यासब्याक पाउन सक्नेछन् ।

साथै बैंकले बैंकसँगसँगै भाटभटेनी सुपरमार्केटले पनि चाडबाडलाई लक्षित गरि कपडा एवं जुत्ताको खरीदमा थप १० प्रतिशत सम्मको छुट सञ्चालनमा ल्याएको छ । स्थापना कालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिबद्ध रहेको छ ।

माछापुच्छे बैंकले हालै मात्र नेपाली बैंकिङ्ग इतिहासमा पहिलो पटक आफ्नै मोवाईल वालेट रेमिट्याप सञ्चालनमा ल्याएको छ भने अन्य नविनतम डिजिटल सेवाहरु मोबाईल बैंकिङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवा, अनलाईन मार्फत खाता खोल्ने (मुद्धती खाता खोल्न) लगायतका थुप्रै अत्याधुनिक प्रविधिहरु आफ्ना ग्राहक माझ ल्याइसकेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।