सार्वजनिक विदाका समयमा एसएलएफमा सहुलियत

0
Shares

नेपाल राष्ट्र बैंकले स्थायी तरलता सुविधा (एसएलएफ) को भुक्तानी अवधि थप गरेको छ ।

चाडपर्वको समयमा पर्ने लामो सार्वजनिक विदालाई ध्यानमा राखेर राष्ट्र बैंकले यस्तो सुविधा दिएको हो ।

राष्ट्र बैंकले बैंकरहरुको मागमा दशैंको बिदामा तरलतामा समस्या हुन नदिन यस्तो व्यवस्था गरेको हो । यस वर्षको दशैंको असोज १५ गते शनिबारदेखि २२ गतेसम्म सार्वजनिक विदा रहेको छ ।

केन्द्रीय बैंकले खुला बजार कारोबारसम्बन्धी कार्यविधि, २०७८ को परिच्छेद–१५ स्थायी तरलता सुविधा सम्बन्धी व्यवस्थाको बुँदा नं. ४९ (६) लाई संशोधन गर्दै भुक्तानी अवधि थप गरेको हो ।

‘स्थायी तरलता सुविधाको अधिकतम भुक्तानी समयावधि हाल ७ कार्यदिन रहेको छ। तर कथंकदाचित ७ दिन वा सोभन्दा बढी अवधिको सार्वजनिक बिदा परेको अवस्थामा यस्तो अवधि बिदापश्चात कार्यालय खुल्ने दिनसम्मका लागि कायम गर्न बाधा पुगेको मानिने छैन’, राष्ट्र बैंकको जारी गरेको सूूचनामा उल्लेख छ ।

यसअघि बैंक तथ वित्तीय संस्थाहरुले ७ दिनका लागिमात्रै स्थायी तरलता सुविधा प्रयोग गर्दै आएका थिए । अब बैंकहरुले ७ दिन भन्दा लामो सार्वजनिक विदा परेमा विदा अवधिभर यस्तो सुविधा लिन पाउनेछन् ।

बैंकहरुले बुधबार मात्रै २७ अर्ब ५६ करोड स्थाइ तरलता सुविधा उपयोग गरेका थिए । चालु आव सुरु भएयता बैंकहरुले एक हजार ११२ पटकमा १८ खबै ८५ अर्ब ७९ करोड यस्तो सुविधा लिएका छन् ।

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १३ आश्विन २०७९, बिहिबार  १५ : ०७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।