जगदम्बा अटो ग्रुपको ‘टु ह्विलर’ बिक्रीबाट मात्रै साढे ३ अर्ब आम्दानी

0
Shares

जगदम्बा अटो ग्रुपले ९ महिनामा दुई पाग्रे सवारी साधनको बिक्री मार्फत ३ अर्ब ४२ करोड ७० लाख आम्दानी गरेको छ । कम्पनीको यो आम्दानी सन २०२१ को वार्षिक नाफा भन्दा करिब चार गुणा धेरै हो ।

कम्पनीको अपरिस्कृत विवरण अनुसार सन २०२२ को ९ महिनामा मात्रै उक्त आम्दानी गरेको जनाएको छ । तर, कम्पनीको सन २०२१ को आम्दानी वार्षिक तथा परिस्कृत विवरण हो । सन २०२१ मा कम्पनीको ब्याज, कर, एर्मोटाइजेसन र डिप्रिसियसन अघिको नाफा नकारात्मक रहेको थियो । त्यति मात्र नभई कम्पनीको कर्जाको ब्याज तिर्ने क्षमता पनि नकारात्मक रहेको थियो ।

तर, सन २०२२ मा कम्पनीको कर्जा ब्याज, कर, एर्मोटाइजेसन र डिप्रिसियसन अघिको नाफा समेत सञ्चालन आम्दानीको ५.२९ प्रतिशत रहेको छ । त्यसका साथै कर्जाको व्याज तिर्ने क्षमता पनि ३.१९ गुणा रहेको छ ।

सन् २०१४ मा स्थापना भएको जगदम्बा अटो ग्रुपलाई नेपालको अग्रणी व्यवसयीक समुह शंकर ग्रुपले प्रवद्र्धन गरेको छ । बाराको सिमरामा एसेम्बलीङ प्लान्टको निर्माण गरी सन् २०२१ बाट एसेम्बलिङ सुरु गरेको जगदम्बा अटो ग्रुपले टीभिएसको १०० सीसी देखि ३१० सीसी सम्मका मोटरसाइकल र ११० सीसी देखि १२५ सीसी सम्मका स्कुटरको एसेम्बलीङ गर्दै आएको छ ।

टिभिएस एन्ट्रर्कको लोकप्रियता बढेपछि जगदम्बा ग्रुपको आम्दानीमा वृद्धिमा सहयोग पुगेको हो । सन् २०२२ को लागि जगदम्बा अटो ग्रुपले दीर्घकालीन र अल्पकालीन ऋणको लागि क्रेडिट रेटिङ एजेन्सी इन्फोमेरिक्सबाट क्रमश डबल बीप्लस र ए४ प्लस रेटिङ पाएको छ । २८ करोड ८९ लाख बराबरको दीर्घकालीन ऋणको लागि जगदम्बा अटोग्रुपले डबल बीप्लस रेटिङ पाएको छ भने १ अर्ब ७२ करोड ११ लाख ऋणको लागि ए४ प्लस रेटिङ पाएको हो

कम्पनीको सबल पक्षमा रुपमा स्थापित व्यवसायीक समुह शंकर ग्रुपको लगानी रहेको छ । शंकर ग्रुपले नेपालमा स्टील, सिमेन्ट, हस्पिटालिटी तथा टे«डिङ क्षेत्रमा लगानी गर्दै आएको छ । त्यसैगरी कम्पनीको रणनीतिक सहयोगीको रुपमा जगदम्बा मोटर्स रहेको छ । कम्पनीले बिरगन्ज नाकाबाट २४ किलोमिटर दूरीमा एसेम्बलीङ प्लान्ट राखेको छ । यसले कम्पनीको कच्चा पदार्थ ढुवानी खर्च समेत न्यून हुने देखिन्छ ।

यसैगरी नेपाल सरकारले सवारी उत्पादन कर बढाएर ५० प्रतिशत पुर्याउँदा जगदम्बा अटो ग्रुपलाई उत्पादनमा चुनौती थपिएको छ । विभिन्न समयमा नेपाल सरकारले नियमनका लागि नयाँ नीतिहरु बनाउँदै जानु, बजारमा अन्य अटोमोबाइल कम्पनी पनि स्थापित भएको हुनाले प्रतिस्पर्धा बढ्नु र उत्पादन सुरु गरेको समय एक दशक भन्दा पनि कम भएकोले विश्वसनीयतामा उठ्ने प्रश्न भने कम्पनीका लागि चुनौतिको रुपमा रहेको छ । जगदम्बा अटो ग्रुप शंकर ग्रुप कै भगिनी संस्था रहेका कारण प्रबन्ध निर्देशकमा शाहिल अग्रवाल रहेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।