आशा लघुवित्तको ७ लाख ८९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

0
Shares

आशा लघुवित्त वित्तीय संस्थाको ७ लाख ८९ हजार ९०० कित्ता संस्थापक सेयर बिक्रीमा आएको छ ।

कम्पनीले असोज २३ गतेदेखि ७ लाख ८९ हजार ९०० कित्ता संस्थापक सेयर बिक्रीमा ल्याउने भएको हो । कम्पनीले प्रतिकित्ता ३९५ रुपैयाँ सेयरको न्यूनतम भाउ तोकेर लिलामीमा ल्याएको हो ।

लगानीकर्ताले ३९५ रुपैयाँ वा सो मूल्यलाई आधार मानेर बोलपत्र पेश गर्नुपर्नेछ । न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । प्रभु क्यापिटल लिमिटेड, कमलादी, काठमाडौंमा पुग्नेगरी गोप्य शिलबन्दी आवेदन बुझाउनुपर्नेछ ।

लिलामी सेयरमा लघुवित्तका संस्थापक सेयरधनी सहित अरु व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले असोज ३१ गतेसम्म आवेदन दिन सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १४ आश्विन २०७९, शुक्रबार  १० : २९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।