कुमारी बैंकले पनि बोनस नबाँड्ने, कति दिँदैछ लाभांश ?

0
Shares

कुमारी बैंक लिमिटेडले पनि बोनस सेयर वितरण नगर्ने भएको छ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडसँग मर्जर सम्झौता गरेको बैंकले १२.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

बैंकको असोज १४ गते शुक्रबार बिहान बसेको सञ्चालक समितिको बैठकले हाल चुक्ता पूँँजी १४ अर्ब ७१ करोड ११ लाख ८३ हजार रुपैयाँको १२.५० प्रतिशत नगद वितरण गर्ने प्रस्ताव गरेको बैंकका कम्पनी सचिव अश्विनबाबु श्रेष्ठले जानकारी दिए ।

बैंक सञ्चालक समितिको बैठकबाट प्रस्तावित उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र लगानीकर्ताले पाउनेछन् ।

कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एनसीसी) बीच मर्जर सम्झौतापछि दुबै बैंकको दोस्रो बजारमा सेयर कारोबार रोक्का रहेको छ ।

यसअघि सिजिजन्स बैंक र नेपाल इन्फ्रास्ट्रक्चर बैंकले पनि सेयरधनीलाई नगद लाभांश मात्र वितरण गर्ने निर्णय गरेका थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।