सिभिल बैंकको १०२ औं एटिएम चितवनको सौराहामा


सिभिल बैंकले चितवनको सौराहा चोकमा आफ्नो १०२ औं एटिएम संचालनमा ल्याएको छ ।

उक्त एटिएमको उदघाटन रत्ननगर नगरपालिका वडा नं ६ का अध्यक्ष किरण महतो र होटेल व्यसायी संघ सौराहाका अध्यक्ष दीपक प्रसाद भट्टराईले संयुक्त रुपमा गरेका छन् ।

करीव ८ लाख ग्राहकलाई ११५ शाखाहरु र १३ एक्सटेन्सन काउन्टरहरु मार्पmत सेवा प्रदान गरिरहेको सिभिल बैंकको एटिएम संख्या १०२ पुगेको छ ।
बैंकले गत असार मसान्त सम्ममा ९६ अर्व निक्षेप परिचालन गरी ८७ अर्व भन्दा बढी कर्जा लगानी गरेको थियो ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।