नयाँ मनीचेञ्जर सञ्चालनको लागि लाइसेन्स दिने कार्य बन्द

0
Shares

नेपाल राष्ट्र बैंकले नयाँ मनीचेञ्जर सञ्चालनको लागि लाइसेन्स दिने कार्य बन्द गरेको छ ।

अन्तर्राष्ट्रिय विमानस्थल बाहेकका अन्य स्थानका लागि मनी चेञ्जरको लाइसेन्स दिने कार्य बन्द गरिएको राष्ट्र बैंकले जनाएको छ ।

एक सूचना जारी गर्दै बैंकले अर्को व्यवस्था नभएसम्मका लागि लाइसेन्स प्रदान नगरिने जनाएको हो । मनी चेञ्जरले विदेशी मुद्राको सटही सुविधा प्रदान गर्दछन् ।

विदेश भ्रमणमा जानेले अधिकतम १५ सय डलरसम्मको सटही सुविधा पाउने व्यवस्था छ भने कामको सिलसिलामा विदेश जानेका लागि अधिकतम २ सय डलरसम्मको सटही सुविधा छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।