सुनको भाउ एकैदिन १२ सयले घट्यो, चाँदीमा पनि १५ रूपैयाँ गिरावट

0
Shares

सुनको भाउ असोज २५ गते मंगलबार एकैदिन तोलामा एक हजार २०० रुपैयाँले घटेको छ । यस्तै आज चाँदीको भाउ पनि २५ रुपैयाँले घटेको छ । यसअघि सोमबार सुन तोलामा ८०० र चाँदी २५ रुपैयाँले घटेर कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मूल्य घटेपछि आजका लागि छापावाल सुनको भाउ प्रतितोला ९४ हजार रुपैयाँ र तेजावी सुनको भाउ ९३ हजार ५०० रुपैयाँ तोकिएको छ । यस्तै आज चाँदी प्रतितोला १ हजार २१५ रुपैयाँमा कारोबार भैरहेको छ ।

सोमबार सुन प्रतितोला ८०० रुपैयाँ घटेर छापावाल ९५ हजार २०० रुपैयाँ र तेजावी सुन ९४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै सोमबार चाँदीको भाउ २५ रुपैयाँले घटेर प्रतितोला १ हजार २३० रुपैयाँमा कारोबार भएको थियो ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १६६५ डलर तथा चाँदी प्रतिऔंस १९.४० डलर हाराहारीमा कारोबार भैरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको आधारमा महासङ्घले स्थानीय बजारमा दैनिक (आइतबारदेखि शुक्रबारसम्म) कारोबार हुने सुनचाँदीको मूल्य तोक्ने गरेको छ ।

दशैंअघि असोज १४ गते शुक्रबार पछि आठ दिनपछि आइतबार भने सुन तोलामा ३ हजारले बढेर छापावाल सुन ९६ हजार र चाँदी ८५ रुपैयाँले बढेर १ हजार २५५ रुपैयाँमा कारोबार भएको थियो । बडा दसैं विदाका कारण असोज १४ गते सुनको भाउ निर्धारण भएपछि ८ दिन अर्थात असोज २२ गतेसम्म सुनको भाउ तोकिएको थिएन ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २५ आश्विन २०७९, मंगलबार  ११ : १५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।