सुनको भाउ दुई दिनमा प्रतितोला २ हजारले घट्यो

0
Shares

नेपाली बजारमा मंगलबार सुन तथा चाँदीको भाउमा गिरावट आएको छ । पछिल्लो दुई दिनमो सुनको भाउ तोलमा २ हजार रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा मंगलबार सुनको भाउ प्रतितोला १२ सय रुपैयाँले घटेको हो।

महासंघले मंगलबारका लागि छापावाल सुनको भाउ प्रतितोला ९४ हजार रुपैयाँ तथा तेजावी सुनको भाउ प्रतितोला ९३ हजार ५ सय रुपैयाँ तोकेको छ ।

सोमबार सुन आइतबारको तुलनामा तोलामा ८ सय रुपैयाँले घटेर प्रतितोला ९५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । आइतबार सुनको भाउ ९६ हजार रुपैयाँ पुगेको थियो।

सोमबारको तुलनामा चाँदीको भाउ पनि प्रतितोला १५ रुपैयाँले घटेको छ। चाँदी प्रतितोला १२ सय १५ रुपैयाँमा कारोबार भएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २५ आश्विन २०७९, मंगलबार  ११ : १६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।