सिभिल बैंकको डिबेञ्चरको ब्याज भुक्तानी समय परिवर्तन

0
Shares

सिभिल बैंक लिमिटेडको ‘१०.२५% सिभिल बैंक डिबेञ्चर २०८८’ को ब्याज भुक्तानी समय अवधि परिवर्तन गरेको छ ।

बैंकले असोज १४ को नेपाल धितोपत्र बोर्डबाट स्वीकृति लिएर विद्यमान भुक्तानी भइरहेको समयमा परिवर्तन भएको जानकारी दिएको हो ।

बैंकद्धारा जारी गरिएको उक्त डिबेञ्चरमा बैंकले लगानीकर्तालाई अबदेखि डिबेञ्चरको ब्याज भुक्तानी प्रत्येक त्रैमास अवधि समाप्तिको पछिल्लो कार्य दिनमा गर्ने भएको छ ।

परिवर्तन समय अनुसार लगानीकर्ताले साउन, कात्तिक, माघ र वैशाख महीनाको पहिलो कार्य दिनमा ब्याज भुक्तानी पाउनेछन् । यसअघि बैंकले असार १५, असोज १५, पुस १५ र चैत १५ गते बैंकले प्रत्येक त्रैमासमा ब्याज भुक्तानी गर्दै आइरहेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।