उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिन्ह वितरण हुँदै, उम्मेदवारी फिर्ता लिने समय १ बजेसम्म

0
Shares

निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका उम्मेदवारहरुलाई आज (बुधबार) निर्वाचन चिह्न प्रदान गर्दैछ ।

राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका उम्मेदवारहरुको निर्वाचन चिन्ह साविककै हुने भएपनि स्वतन्त्रतर्फका उम्मेदवारहरुलाई आयोगले निर्वाचन चिन्ह प्रदान गर्ने भएको हो ।

निर्वाचन चिन्ह आज अपराह्न ४ बजेदेखि बेलुका ७ बजेसम्म वितरण गर्ने निर्वाचन आयोगले जनाएको छ । त्यसअघि भने आयोगले उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्नेछ । त्यसका लागि दिउँसो १ बजेदेखि ३ बजेसम्मको समय निर्धारण गरिएको छ ।

अन्तिम नामावली प्रकाशित हुनुअघि कसैले आफ्नो उम्मेदवारी फिर्ता लिन चाहेमा त्यसका लागि समय छुट्याइएको छ । उम्मेदवारी फिर्ता लिने समय बुधवार बिहान १० बजेदेखि १ बजेसम्म रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २६ आश्विन २०७९, बुधबार  १० : ३४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।