अर्थमन्त्री शर्मा र गभर्नर अधिकारी अमेरिकामा

0
Shares

अर्थमन्त्री जनार्दन शर्मा विश्व बैंंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक सम्मेलनमा भाग लिन मङ्गलबार साँझ अमेरिकाको राजधानी वाशिङटन डिसी पुगेका छन् ।

अर्थमन्त्री शर्मालाई विमानस्थलमा स्वागत गर्न अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्री लगायत दूतावासका प्रतिनिधिहरु पुगेका थिए । अमेरिकाको राजधानी वाशिङटन डिसीमा यही अक्टोबर १० देखि सुरु भएको विश्वबैंकको वार्षिक बैठक यही १६ तारिखसम्म जारी रहनेछ ।

अर्थमन्त्री शर्माको नेतृत्वमा विश्वबैंकको बैठकमा सहभागी हुन नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, अर्थसचिव कृष्णहरि पुष्करसहित अर्थ मन्त्रालय तथा राष्ट्र बैंकका उच्च अधिकारीहरु डिसी पुगेका हुन् ।

अर्थमन्त्री शर्माले बुधवार विश्व बैंक भोटिङ ग्रुपको बैठकमा सहभागिता जनाउनाका साथै विश्व बैंकको विभिन्न मन्त्रिस्तरीय सत्रहरुमा सहभागी हुनेछन् । उनले अमेरिकी सहयोग नियोगका उच्च अधिकारीसँग भेटघाट गर्ने, विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषका उच्च पदाधिकारीहरुसँग पनि छलफल गर्ने कार्यक्रम रहेको डिसीस्थित नेपाली दूतावासले जनाएको छ ।

उता सोमबार नै पुगेका नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले भने बैठकका विभिन्न सत्रमा नेपालका तर्फबाट सहभागिता जनाएका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २६ आश्विन २०७९, बुधबार  १३ : ०२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।