लगातार दुई दिनमा ४३ अंकको गिरावट भोगको सेयर बजारमा बुधबार दोहोरो अंकको वृद्धि भएको छ । कारोबारमा आएका १३ मध्ये ११ वटा उपसमूहगत सूचक उकालो लागेपछि लगानीकर्ताले राहतको श्वास फेरेका हुन् ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार सेयर कारोबार मापक नेप्से ०.६१ प्रतिशत प्रतिशत अर्थात ११.३६ अंकले बढेर १८६६.५२ बिन्दुमा पुगेको छ । ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक २.४८ अंकले बढेर ३६६.११ बिन्दुमा पुगेको छ ।
यसदिन कूल २२३ वटा कम्पनीको २० लाख ८५ हजार २८४ कित्ता सेयर १४ हजार १८६ वटा संख्यामा खरिद बिक्री हुँदा कारोबार रकम ६९ करोड १७ लाख ३७ हजार ८९४ रूपैयाँमा समेटिएको छ । मंगलबारको तुलनामा कारोबार रकम अघिल्लो दिनको तुलनामा कारोबार १४ करोडले बढेको हो ।

आज कारोबार भएका कूल १३ उपसमूहमध्ये व्यापार र म्युचुअल फण्ड बाहेक बाँकी सबै ११ वटै उपसमूहको सूचक बढेको छ । बुधबार पनि कारोबार रकमका आधारमा नबिल बैंक लिमिटेड अग्र स्थानमा रह्यो । सर्वाधिक कारोबार भएको बैंकको ३० हजार ३५२ कित्ता सेयर २ करोड ४० लाख ११ हजार रूपैयाँमा खरिद बिक्री भएको छ ।
त्यस्तै, रिडी पावर कम्पनीको यस दिन २ करोड २ लाख, एनआईसी एशिया लघुवित्तको संस्थापक १ करोड ८९ लाख, र गोर्खाज फाइनान्स १ करोड ८१ लाख र हिमालयन एभरेष्ट इन्स्योरेन्सको १ करोड ६९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
आज अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । संस्थाको सेयरमूल्य १० प्रतिशतले बढेर ६०७.२० रूपैयाँ पुगेको छ । यसैगरी महुली लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य ५.५१ प्रतिशत, प्रोग्रेशिभ फाइनान्स ५.३५, दिश्यश्वरी हाइड्रोपावर ४.६२ र जोशी हाइड्रोपावरको सेयरमूल्य ४.५९ प्रतिशतले बढेको छ ।
उता एभरेष्ट बैंक डिबेञ्चरको मूल्य सबैभन्दा धेरै घटेको छ । डिबेञ्चरको मूल्य ९.८३ प्रतिशतले घटेर ७८० रूपैयाँमा झरेको हो । यस्तै एनएमबि हाईब्रिड फण्डको इकाईमूल्य ५.७३ प्रतिशत, ग्लोबल आइएमइ ब्यालेन्स्ड फण्ड–१ को ३.७८, सानिमा लार्ज क्याप फण्डको ३.५७ र एनआईबिएल फण्ड–२ को इकाई मूल्य २.५९ प्रतिशतले घटेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया