
सनराइज क्यापिटलले चुक्ता पुँजीकोे २५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।
लाभांश प्रस्ताव सहित क्यापिटलले कात्तिक १८ गते बाह्रौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको असोज ११ गते बसेको सञ्चालक समितिको बैठकले सो मितिमा सभा बोलाएको हो । सभा सनराइज क्यापिटलको कार्यालय, कमलपोखरी, काठमाडौंमा दिउँसो २ बजे बोलाइएको छ ।
सभाले २५ प्रतिशत नगद लाभांश वितरण गर्ने, आर्थिक वर्ष २०७८–७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण लगायतका एजेन्डा उपर छलफल गरी पारित गर्नेछ ।
सनराइज क्यापिटल लिमिटेड सनराइज बैंकको सहायक कम्पनी हो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया