सुनचाँदीको भाउ दुबै घट्यो, आइतबार कति तोकियो ?

0
Shares

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार असोज ३० गते आइतबार सुनको भाउ तोलामा एक हजारले घट्दा चाँदीको भाउ २५ रुपैयाँले सस्तिएको छ ।

महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला ९३ हजार १०० रुपैयाँ र तेजावी सुनको भाउ ९२ हजार ६०० रुपैयाँ तोकिएको छ ।

यस्तै आज चाँदी प्रतितोला १ हजार १६० रुपैयाँमा कारोबार भैरहेको छ ।

शुक्रबार सुनको भाउ १०० रुपैयाँले घटेर छापावाल प्रतितोला ९४ हजार १०० रुपैयाँ र तेजावी सुनको भाउ ९३ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदीको भाउ ५ रुपैयाँले घटेर शुक्रबार प्रतितोला १ हजार १८५ रुपैयाँमा कारोबार भएको थियो ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १६४४ डलर तथा चाँदी प्रतिऔंस १८.२८ डलर हाराहारीमा कारोबार भैरहेको छ । अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको आधारमा महासङ्घले स्थानीय बजारमा दैनिक (आइतबारदेखि शुक्रबारसम्म) कारोबार हुने सुनचाँदीको मूल्य तोक्ने गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।