सरकारले १८ अर्ब २० करोडको ट्रेजरी बिल्स नवीकरण गर्दै

0
Shares

सरकारले १८ अर्ब २० करोड बराबरको ट्रेजरी बिल्स परिपक्क भएपछि नवीकरण गर्ने भएको छ ।

सरकारले असोज ३१ गते सोमबार १८ अर्ब २० करोड पुरानो ट्रेजरी बिल्सलाई नवीकरण गर्न लागेको हो । नेपाल राष्ट्र बैंकले २ अर्ब बराबरको २८ दिने, ५ अर्ब २० करोडको ९१ दिने, ५ अर्बको १८२ दिने तथा ६ अर्बको ३६४ दिने ट्रेजरी बिल्स नवीकरण गर्न लागिएको जनाएको छ ।

सरकारले यसभन्दा अघि असोज २४ गते १८ अर्ब २५ करोड रुपैयाँ बरावरको ट्रेजरी बिल्स नविरकण गरेको थियो ।

केन्द्रीय बैंकले २८ दिन अवधिको ५ अर्ब रुपैयाँ, ९१ दिन अवधिको ८ अर्ब रुपैयाँ, १८२ दिन अवधिको २ अर्ब २५ करोड रुपैयाँ र एक वर्ष अवधिका लागि ३ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गरेको हो ।जसका लागि बैंकहरुले ११.५० प्रतिशतसम्म ब्याजदर कबुल गरेका थिए ।

बैंकहरुले उच्च ब्याज कबुलेपछि राष्ट्र बैंकले एक वर्ष अवधिको २ अर्ब ६० करोडको ट्रेजरी बिल आफैं खरिद गरेको थियो । उक्त ट्रेजरी बिलको ४० करोड रुपैयाँ मात्र मात्र बैंकहरुले पाएका थिए । जसको औसत ब्याज दर १०.०५ प्रतिशत कायम भएको छ।

२८ दिन अवधिको ट्रेजरी बिलको औसत ब्याजदर ९.५४, ९१ दिन अवधिको १०.१४२, १८२ दिन अवधिको १०.०६९ प्रतिशत ब्याजदर कायम भएको थियो ।  नवीकरण गरेको ट्रेजरी बिलमध्ये सबैको अधिकतम ब्याज १० प्रतिशत माथि छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३० आश्विन २०७९, आइतबार  १३ : ०७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।