प्रभु क्यापिटल लिमिटेडले विश्व लगानीकर्ता सप्ताह-२०२२ को अवसरमा विविध लगानीकर्ता सचेतना अभिवृद्धि गर्ने उद्देश्यले काठमाडौंमा एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
क्यापिटलले रोटर्याक्ट क्लब अफ पाटन वेस्टका सदस्यहरुका लागि सेयर बजार सम्बन्धी बेसिक, फन्डामेन्टल र टेक्निकल एनालाइसिस अफ सेक्युरिटी मार्केट विषयमा एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको हो ।

राजधानी मोडेल कलेज, पुरानो बानेश्वर, काठमाडौंमा असोज ३० गते आइतबार कार्यक्रम सम्पन्न भएको हो । रोटर्याक्ट क्लब अफ पाटन वेस्टका करिब २० जना सदस्यहरुको सहभागिता भएको उक्त तालिम कार्यक्रममा प्रशिक्षण दिने कार्य प्रभु क्यापिटल लिमिटेडका प्रमुख लगानी अधिकृत दुर्गा नन्द झाले गरेका थिए । सञ्चालन विभाग प्रमुख श्रीमती बसन्ता उपाध्यायले उक्त कार्यक्रमका उदेश्य तथा महत्वबारे प्रकाश पारेकी थिइन् ।
प्रशिक्षणमा शेयर बजार तथा प्राथमिक तथा दोश्रो बजार सम्बन्धी आधारभुत कुराहरु, शेयर बजारमा दिर्घकालिन लगानी गर्दा पाईने प्रतिफल, आधारभूत तथा प्राविधिक विश्लेषण तथा पोर्टफोलियो व्यवस्थापन तथा लगानीमा हुने जोखिम व्यवस्थापन सम्बन्धी विषयहरु समेटिएको थियो ।
प्रभु क्यापिटलले शेयर लगानीमा सचेतना अभिवृद्धिका लागिे समय समयमा सेयर तथा पूँजी बजारसंग सम्बन्धित तालिम कार्यक्रमहरु, विविध वर्कसप तथा सचेतना कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको छ ।
रोटर्याक्ट क्लब अफ पाटन वेस्ट सन् २००० मा स्थापना १८–३० वर्ष युवाले सञ्चालन गर्ने गैर–लाभकारी, गैर–राजनीतिक संस्था क्लब हो । यो क्लबको मुख्य उद्देश्य सेवा मार्फत नेतृत्व, व्यावसायिक विकास र फेलोशिप प्रवर्द्धन गर्नु हो, जसमा क्लबका स्वैच्छिक सदस्यहरूले उनीहरूद्वारा प्रस्तावित र सञ्चालन गरिएका कार्यक्रमहरू र परियोजनाहरूमा काम गर्छन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया