मंगलम इण्डस्ट्रिजद्वारा प्राविधिकहरु पुरस्कृत

0
Shares

नेपालकै पहिलो सिपिभिसि पाइप्स र फिटिंग्स् उत्पादक तथा नेपालको पोलीमर पाइपिंग प्रणालीको अग्रणी उत्पादक र नियार्तकर्ता मंगलम इन्डष्ट्रिज प्रा.लि ले सुनसरीको इटहरीमा प्राविधिक भेटघाट एवं पुरस्कार वितरण सम्पन्न गरेको छ । प्राविधिकहरुलाई अभिप्रेरित गर्न उक्त कार्यक्रम गरिएको मंगलम पाइपले जनाएको छ ।

कार्यक्रममा गत वर्षको स्किममा प्राविधिकहरुले गरेको प्रदर्शन अनुसार पुरस्कारहरु वितरण गरिएको थियो भने स्किम अनुसारको अन्य विभिन्न उपहारहरु पनि वितरण गरिएको थियो ।

जस अन्तर्गत प्राविधिकहरुले २ वटा १२५ सिसिको पल्सर मोटरसाईकल , एउटा १५० सिसिको पल्सर जित्नुको साथै ६ जनाले ल्यापटप, १० जनाले १/१ तोला सुन र ६ जनाले टेलिभिजन जित्न सफल भएको कम्पनीको असिस्टेन्ट भाईस प्रेसिडेन्ट सुमित शर्माज्युले जानकारी दिए ।

टेक्निसियन प्रोत्साहन कार्यक्रम (कुपन वापत) अन्तर्गत उक्त कार्यक्रम गरिएको र यस्ता किसिमका अन्य कार्यक्रम भविष्यमा पनि सञ्चालनमा ल्याईने शर्माले बताए । कार्यक्रममा उक्त क्षेत्रमा क्रियाशिल लगभग ५० जना प्राविधिकहरुको उपस्थिति रहेको थियो ।

मंगलमका सबै उत्पादनहरु उच्च गुणस्तरीय जापानी कच्चा पदार्थ र अत्याधुनिक जर्मन प्रविधि प्रयोग गरेर नेपालमै बनाइन्छ । नेपालकै सबैभन्दा ठूलो प्रयोगशाला भएको मंगलम् इन्डस्ट्रिजले नेपालमा निर्माण कार्यका लागि आवश्यक सबै पाइप तथा फिटिङ्स उत्पादन गर्दै आएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।