युरोपियन ब्रान्ड बस्चका होम एप्लाइन्स नेपाली बजारमा

0
Shares

व्यवसायिक घराना लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी इलेक्ट्रो टेकले विश्वप्रसिद्ध युरोपियन ब्रान्ड बस्चका होम एप्लाइन्स प्रोडक्ट नेपाली बजारमा भित्र्याएको छ ।

राजधानी काठमाडौंमा आइतबार एक कार्यक्रमकाबीच युरोपियन ब्रान्ड बस्चका वासिङ मेसिन, फ्रिज लगायत इलेक्ट्रोनिक सामग्री (होम एप्लाइन्स) हरु ग्रान्ड लञ्च गरेको हो ।

लन्चिङ्ग कार्यक्रममा ग्रुपका अध्यक्ष गणेश बहादुर श्रेष्ठले १५० बढी देशमा उपस्थिति रहेको विश्वप्रसिद्ध युरोपियन ब्रान्ड नेपालमा भित्राउन पाएकोमा खुसी व्यक्त गरे । उनले १८८६ मा रोबर्ट बस्चले शुरू गरेको व्यवसाय युरोपको आन्तरिक बजारमा मात्र नभई विश्वभर नै फैलिएको बताए ।

नेपालका लागि जर्मन राजदूत डा. थोमस प्रिन्जले आफूले जन्मदेखि नै घरमा बस्चका घरयासी सामाग्रीहरु प्रयोग गर्दै हुर्किएको सम्झँदै विश्वमा सफलता हासिल गरेको बस्च नेपालमा पनि सफल हुने विश्वास व्यक्त गरे।

बीएसएच हाउसहोल्ड अप्लायन्सका प्रबन्ध निर्देशक तथा सीईओ निरज बाहालले आफुले केही नेपाली आउटलेटमा नेपाली ग्राहकहरुको मनस्थिस्थिति ब्राण्डमा कुनै सम्झौता नगर्ने खालको रहेको पाएको उल्लेख गर्दै आफ्ना उत्पादनहरु गुणस्तरीय भएका कारण बस्चका ब्रान्डले सफलता हासिल गर्नेमा विश्वस्त रहेको बताए ।

लामो अध्ययन अनुसन्धान तथा ग्राहकको रूची तथा आवश्यकतालाइ मध्यनजर गर्दै निर्माण गरिएको उत्पादन भएकाले बस्चका उत्पादनहरूकाे प्रयाेगबाट अन्य उत्पादनहरुभन्दा नितान्त भिन्दै अनुभव लिनसक्ने कम्पनीले दाबी गरेकाे छ । नेपालमा बस्चका उत्पादन भारतबाट भित्रने छन् । बस्चका फ्रिजमा ३ वटासम्म ढोका रहेका छन् । 

बस्चको नेपालमा आधिकारिक बिक्रेता लक्ष्मी इलेक्ट्रो टेक रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ३१ आश्विन २०७९, सोमबार  ११ : ३४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।