चीनमा उत्पादन भएको चीपहरु प्रयोग नगर्ने एप्पलको निर्णय

0
Shares

एप्पलले चीनको याङट्जे मेमोरी टेक्नोलोजी कम्पनीले उत्पादन गरेका मेमोरी चीप प्रयोग नगर्ने निर्णय गरेको छ । अमेरिकाले चीनमा उत्पादित चीपहरुको आयातमा कडाइ गरेपछि एप्पलले उक्त निर्णय गरेको हो ।

अन्तराष्ट्रिय पत्रिका निकेईका अनुसार एप्पलले एक वर्ष अघि चीनियाँ सरकारको लगानीमा रहेको याङट्जे कम्पनीबाट उत्पादित न्यान्ड फल्यास मेमोरी चीप प्रयोग गर्ने निर्णय गरेको थियो । यसका साथै चीनमा बिक्री गरिने आइफोनहरुमा चीनमा नै उत्पादिन चीपको प्रयोग गर्ने एप्पलले जनाएको थियो ।

विश्वव्यापी रुपमा चीपको अभाव बढ्दै गर्दा अन्ततः एप्पलले आइफोनमा प्रयोग हुने चीपहरु मध्येको ४० प्रतिशत चीपहरु याङट्जे कम्पनीबाट नै खरिद गर्ने निर्णय गरेको थियो ।

यसैगरी याङट्जे मेमोरी टेक्नोलोजी कम्पनीले अमेरिकाले कालोसूचीमा राखेको हुवाई कम्पनीलाई चीपहरु बिक्री गरी वासिङटनको निर्यात कडाइ सम्बन्धी नियमहरुको अवज्ञा गरेकोमा मेमोरी उत्पादन कम्पनी माथि अनुसन्धान सुरु गरेको छ ।

अक्टोबर ७मा अमेरिकी राष्ट्रपति जो बाइडेनले निर्यात सम्बन्धी नयाँ नियमहरु प्रकाशन गरेका थिए । जसमा चीनियाँ कम्पनीहरुले अमेरिकी उपकरण प्रयोग गरी निर्माण गरेका चीपहरुको निर्यातमा कडाइ हुने पनि समावेश छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।