सरकारले कार्तिक १ गते मंगलबार (भोलि) देशभरि सार्वजनिक विदा दिने भएको छ । आइतबार निधन भएका शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा शोक व्यक्त गर्दै सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
यस्तै सरकारले भोलि नेपालको राष्ट्रिय झन्डा झुकाउने पनि निर्णय भएको गृह मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ ।
जोशीको निधनको शोकमा नेपाल राज्यभरिका सबै सरकारी कार्यालय, सार्वजनिक संघ-संस्थाहरू विदेशस्थित कूटनीतिक नियोगहरूमा मंगलबार बिदा दिने निर्णय भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
जोशीको आइतबार बिहान १०३ वर्षको उमेरमा उपचारको क्रममा किस्ट अस्पतालमा निधन भएको थियो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया