टेलिकमको अटम अफर सुरु, यस्ता छन् विशेषता


नेपाल टेलिकमले अटम अफर २०७९ सुरु गरेको छ ।

कम्पनीले यस अघि उपलब्ध गराइरहेको समर अफर सेवाग्राहीले धेरै रुचाएको भन्दै थप अफर सहित अटम अफरमा रुपान्तरण गरेको हो । असोज २९ गतेदेखि कार्यान्वयनमा ल्याइएको यो अफर बढीमा ९० दिनसम्म सञ्चालन हुने टेलिकमले जनाएको छ ।

अफर अन्तर्गत सजिलो प्रिपेड कम्बो अफर, सजिलो अनलिमिटेड प्रिपेड प्याक, सस्तो प्रिपेड प्याक, अननेट एसएमएस प्याक र इन्डिया कल अफर लगायतका विभिन्न प्याकहरु सञ्चालनमा ल्याइएकोे टेलिकमले जनाएको छ । सजिलो प्रिपेड कम्बो ३४९ अन्तर्गत प्रतिदिन ५०० एमबी डाटा, प्रतिदिन ५० मिनेट (अल नेटवर्क) भ्वाइस र दैनिक ५० वटा (अल नेटवर्क) सन्देश पठाउन सकिने लगायतका सुविधा उपलब्ध छन् । अन्य प्याकहरु र अफरमा पनि विभिन्न आकर्षक सुविधाहरु उपलब्ध छन् ।

अटम अफर अन्तर्गतका विभिन्न प्याकेज प्राप्त गर्नका ग्राहकले *1415* डायल गर्नुपर्ने छ । कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सक्ने विज्ञप्तिमा उल्लेख छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ३१ असाेज २०७९, सोमबार  १९ : १० बजे