विश्वव्यापी मुद्रा अमेरिकी डलरको भाउ ऐतिहासिक उचाईमा पुगेको छ । डलरको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेर नयाँ रेकर्ड बनाएको हो ।
अमेरिकी डलरको भाउले नयाँ उचाई लिएपछि नेपाली रुपैयाँ अहिलेसम्मकै कमजोर अवस्थामा पुगेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज कात्तिक २ गते आइतबारका लागि एक डलरको बिक्रीदर १३२ रुपैयाँ ०८ पैसा र खरिददर १३१ रुपैयाँ ४८ पैसा तोकेको छ ।
यो भाउ हालसम्मकै उच्च हो । यसको मतलब नेपाललली एक अमेरिकी डलर साट्नुपर्दा १३२ रुपैयाँभन्दा बढी नेपाली रुपैयाँ खर्चनुपर्ने भएको हो ।
यसअघि गत असोज ३० गते १ डलरको बिक्रीदर १३२ रुपैयाँ ०७ पैसा र खरिददर १३१ रुपैयाँ ४७ पैसा पुगेको थियो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया