सानिमा माई हाइड्रोपावरको सवा १६ करोडको लाभांश आज पारित हुँदैछ ।
लाभांश पारित गर्न कम्पनीले आज (कार्तिक २ गते) स्मार्ट दरबार ब्याक्वेट संखपार्क धुम्बाराहीमा बिहान ११ बजे साधारण सभा आह्वान गरेको छ ।
सभाले आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट चुक्ता पुँजीको ५.२६३२ प्रतिशत नगद लभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । जस अनुसार कम्पनीले १६ करोड २५ लाख ९२ हजार १५८ रुपैयाँ बराबरको नगद वितरण गर्नेछ ।
साधारण सभा लाभांश वितरणका लागि कम्पनीले असोज १२ गते बुधबार बुकक्लोज गरेको थियो । बुकक्लोज अनुसार बुकक्लोजको अघिल्लो कारोबार दिन असोज ११ गते मंगलबारसम्म कायम सेययरधनीले मात्र लाभांश पाउनेछन् ।
कम्पनीको लाभांश सभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया