साओमीले सार्वजनिक गर्‍यो तिहार अफर

0
Shares

ग्लोबल टेक्नोलोजी लिडर साओमीले तिहार २०७९ को अवसरमा ग्राहकहरूका लागि अफरहरू ल्याएको छ।

यस अफरअन्तर्गत ग्राहकहरूले कुनै पनि साओमी, रेड्मी, वा पोको फोनको खरिदमा ‘मी टिभी फोर ए एप्रो ३२’ जित्ने मौका पाउनेछन्।

साओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमितकुमार पंडाले भने, ‘तिहारको यो अवसरमा हाम्रा ग्राहकहरूका लागि १२ दिन १२ टिभी अफर सुरू गर्न पाउँदा हामी अत्यन्त खुसी छौं।’

उनले भने, ‘सो चाडपर्वको अवसर पारी ग्राहकवर्गमा उत्साह थप्न मीका फोन किन्न इच्छुकहरूका लागि मीको टिभी जित्ने अफर ल्याएका छौं।’

लक्की ड्रमा सहभागी हुनका लागि ग्राहकहरूले दिइएको क्युआर कोड स्क्यान वा ३१००७ मा आइएमइआई नम्बर पठाउनु पर्नेछ।

प्रत्येक दिन एक जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत ‘मी टिभी फोर ए एप्रो ३२’ टिभी जित्ने मौका पाउनेछन्।

यो अफर कात्तिक २ गतेदेखि कात्तिक १३ गतेसम्म लागु हुने कम्पनीले बताएको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।