टाटा मोटर्स द्वारा विद्युतीय गाडीको आपूर्तिमा वृद्धि, नेक्सन र टिगोर सहजै पाइने

0
Shares

हजार भन्दा बढी बुकिङ्ग सहित टाटा मोटर्स को सबै भन्दा मन पराईएको लोकप्रिय नेक्सन र टिगोर मोडेलको विद्युतीय गाडीहरुको माग नेपाली बजारमा तिब्र गतिमा बढेको छ।

टाटा मोटर्सको विद्युतीय गाडीको माग आन्तरिक एवं बाह्य दुवै बजारमा वृद्धि भइरहेको छ । यो तथ्यलाई मध्यनजर गर्दै कम्पनीले तिन चरण मार्फत आफ्नो पोर्टफोलियोको विस्तार गर्ने घोषणा गरेको छ ।

नेपाली बजारको मागलाई प्रभावकारी तवरले परिपूर्ति गर्न कम्पनीले हरेक महिना २०० वटा भन्दा बढी यस्ता विद्युतीय गाडीको आपूर्ति गरिरहेको छ । यस किसिमको आपूर्तिमा वृद्धि हुँदा बूकिंग गरेर गाडी कुरिरहेका ग्राहकले धेरै समयसम्म प्रतिक्षा गर्नु नपर्ने कम्पनीले जनाएको छ ।

यसैगरी फोर्ड इंडिया प्रा.लि. को सनंद प्लान्ट खरिद गर्न युनिट ट्रान्सफर सम्झौता गरेको छ । प्राविधिक रुपले समुन्नत यसको प्रति वर्ष ४ लाख २० हजार इकाई विद्धुतीय गाडी उत्पादन गर्ने क्षमता हुनेछ ।

कम्पनीले यो प्लान्टमा आवश्यक लगानी यसलाई आफ्नो वर्तमान र भविष्यको भेहिकल प्ल्याटफर्म अनुरुप विकास गर्नेछ । टाटा मोटर्स ले विभिन्न डिजाइन र मूल्यमा उपलब्ध हुने १० वटा विद्धुतीय गाडी बजार ल्याउने तयारी गर्दैछ ।

टाटा मोटर्स ले नेपालमा नेक्सन र टिगोर मोडेलको विद्धुतीय गाडीहरुको विक्री वितरण प्रारम्भ गरेको एक वर्ष सफलताका साथ पूरा गरिसकेको । चार्जिंग र ग्राहक सेवा सम्बन्धि बृहत पूर्वाधारसहित यी गाडीहरुले निरन्तर बजार विस्तार भईरहेको छ ।

टाटा मोटर्स को नेपालस्थित आधिकारिक विक्रेता सिप्रदीले नेपालकै सबैभन्दा धेरै १९ वटा फास्ट चार्जिंग स्टेसन र १०० वटा स्लो चर्जिंग स्टेसनको स्थापना गरेको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।