होण्डाको तिहार एक्सचेन्ज महोत्सवः पहिलो २५० ग्राहकको न्यूनतम ५० हजार मूल्याङ्कन

0
Shares

नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कूटरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले तिहार एक्सचेन्ज महोत्सव नामक ग्राहकमुखी उपहार योजना ल्याएको छ ।

होण्डा टु व्हीलसर्को आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले योजना अन्तर्गत ग्राहकहरूले प्रत्येक एक्सचेन्जमा थप ७ हजार वा दशैं-तिहार योजना रोज्न सक्ने जनाएको छ । त्यसैगरी, होन्डाका पहिलो २५० ग्राहकहरूले एक्सचेन्जको न्यूनतम मूल्याङ्कन ५० हजार रुपैयाँ पाउने छन् ।

योजना कात्तिक १ देखि ६ गतेसम्म सीमित अवधिको लागि मात्र लागू हुनेछ । यो उपहार योजनाले ग्राहकहरूमा थप उत्साह जगाउने विश्वास कम्पनीले लिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।