गुहेश्वरी फाइनान्सको खुदनाफा डेढ करोडले बढ्यो


गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले चालू आवको चैतसम्ममा ५ करोड ३१ लाख रुर्पयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा १ करोड ५३ लाख रुपैयाँले बढी हो । गत वर्ष ३ करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

चुक्ता पूँजी ८० करोड रहेको फाइनान्सको जगेडा कोषमा १७ करोड ९० लाख रुपैयाँ सञ्चित छ । समीक्षा अवधिमा फाइनान्सले ३ अर्ब ४० करोड २५ लाख रुपैयाँ निक्षेप संकलन गरेर ३ अर्ब ६ करोड ८४ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । यस अवधिमा फाइनान्सले ५ करोड रुपैयाँ सापटि लिएको छ ।

चालु आर्थिक वर्षको नौं महिना सम्ममा फाइनान्सले ३६ करोड २३ लाख रुपैयाँ ब्याज आम्दानी गरेर २४ करोड ५१ लाख रुपैयाँ ब्याज खर्च गर्दा ११ करोड ७१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष फाइनान्सले खुुद ब्याज आम्दानी ९ करोड ९१ लाख रुपैयाँ थियो । खराब कर्जा अनुपात ०.७६ प्रतिशत पुगेको छ । गत वर्ष यो अनुपात ०.३८ प्रतिशत थियो । फाइनान्सको प्रतिशेयर आम्दानी ८ रुपैयाँ ८५ पैसा, प्रतिशेयर नेटवर्थ १२२ रुपैयाँ ३८ पैसा र मूल्य आम्दानी अनुपात १४.६९ गुणा बढी छ ।