साताको सेयर बजार : नेप्सेमा २७.६ अंकको गिरावट, कुन दिन कतिको कारोबार ?


काठमाडौँ । यो साता सेयर बजार परिसूचक नेप्से २७.६ अंकले ओरालो लागेको छ । साताभर भएको चार कारोबार दिनमध्ये तीन दिन बजार घट्दा एक दिन मात्रै सामान्य अंकको सुधार देखिएको हो ।

अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रबार नेप्से २६४८.८९ विन्दुमा पुगेर बजार बन्द भएको थियो । यस साता चार कारोबार दिनमा कुल १६ अर्ब ६५ करोड १२ लाख ९१ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

साताभर कुन दिन कस्तो रह्यो बजार ?

साताको पहिलो कारोबार दिन मंगलबार नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आएको थियो । उक्त दिन नेप्से १२.१९ अंकले घटेर २६३६.१० विन्दुमा पुगेको थियो ।

मंगलबार ३५३ कम्पनीका १ करोड १२ लाख ९३ हजार ४५० कित्ता सेयर ४८ हजार ७८८ पटक किनबेच हुँदा ४ अर्ब ७३ करोड ११ लाख ७८ हजार रुपैयाँको कारोबार भएको थियो । उक्त दिन म्युचुअल फण्ड समूह ०.०२ अंकले बढ्दा अन्य सबै उपसूचकमा गिरावट आएको थियो ।

दोस्रो कारोबार दिन बुधबार पनि बजारको गिरावटले निरन्तरता पायो । बुधबार नेप्से ११.०५ अंकले घटेर २६२५.०५ विन्दुमा सीमित भयो । उक्त दिन ३४७ कम्पनीका १ करोड १ लाख ६२ हजार ६०५ कित्ता सेयर ४१ हजार ६२७ पटक किनबेच हुँदा ४ अर्ब १५ करोड ४९ लाख २५ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।

लगातार दुई दिन घटेको बजारमा बिहीबार भने सामान्य अंकको सुधार देखियो । उक्त दिन नेप्से ३.६२ अंकले बढेर २६२८.६७ विन्दुमा उक्लिएको थियो । बिहीबार ३४७ कम्पनीका ९४ लाख ३७ हजार ८४२ कित्ता सेयर ४० हजार ८३७ पटक किनबेच हुँदा कारोबार रकम भने घटेर ३ अर्ब ८७ करोड ७६ लाख २५ हजार रुपैयाँमा खुम्चियो ।

साताको अन्तिम कारोबार दिन शुक्रबार बजार पुनः ओरालो लाग्यो । शुक्रबार नेप्से ७.३८ अंकले घटेर २६२१.२९ विन्दुमा बन्द भएको छ । उक्त दिन ३५२ कम्पनीका १ करोड ६ लाख २ हजार ४६८ कित्ता सेयर ३९ हजार ९६६ पटक किनबेच हुँदा ३ अर्ब ८८ करोड ७५ लाख ६३ हजार रुपैयाँको कारोबार भएको छ ।

कुन दिन कुन कम्पनीको सेयर मूल्यमा देखियो उछाल र गिरावट ?

साताको पहिलो दिन मंगलबार अपर लोहोरे खोला हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक ११.८४ प्रतिशतले बढेको थियो । यस्तै, सेन्ट्रल फाइनान्सको ६ प्रतिशत र एपोलो हाइड्रोपावरको सेयर मूल्य ५.६५ प्रतिशतले बढेको थियो । सोही दिन एभरेष्ट कलरको सेयर मूल्य ५.३६ प्रतिशत, सीवाईसी नेपाल लघुवित्तको ४.८६ प्रतिशत र विजय लघुवित्तको सेयर मूल्य ४.४९ प्रतिशतले घटेको थियो ।

बुधबारको कारोबारमा सानिमा लार्ज क्याप फण्डको इकाई मूल्य ३.२६ प्रतिशत, कुमारी सबल योजनाको ३.१७ प्रतिशत र लिबर्टी इनर्जीको सेयर मूल्य ३.०७ प्रतिशतले उकालो लाग्यो । तर, सोही दिन एभरेष्ट कलरको सेयर मूल्य ८.६३ प्रतिशतले घट्दा सयपत्री हाइड्रोपावरको ६.६५ प्रतिशत, भिजन लुम्बिनी ऊर्जाको ५.४९ प्रतिशत, सिर्जनशील लघुवित्तको ४.५८ प्रतिशत र चिर्खवा हाइड्रोपावरको सेयर मूल्य ४.३८ प्रतिशतले ओरालो लाग्यो ।

बिहीबार बोट्लर्स नेपाल (बालाजु) को सेयर मूल्य ६ प्रतिशतले बढ्दा बोट्लर्स नेपाल (तराई) को ५.६३ प्रतिशत, गार्जियन माइक्रो लाइफ इन्स्योरेन्सको ४.८१ प्रतिशत र मन्दाकिनी हाइड्रोपावरको सेयर मूल्य ४.४६ प्रतिशतले बढेको थियो ।

सोही दिन एभरेष्ट कलरको सेयर मूल्य पुनः ५.४५ प्रतिशतले घट्यो भने प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ५.४३ प्रतिशत, मुक्तिनाथ कृषि कम्पनीको ४.३२ प्रतिशत र नेपाल वेयरहाउजिङको सेयर मूल्य ३.६३ प्रतिशतले घट्यो ।

साताको अन्तिम दिन शुक्रबार डोल्ती पावरको सेयर मूल्य ५.१४ प्रतिशतले बढेको बजारमा भूगोल इनर्जीको ४.२६ प्रतिशत र मनकामना इन्जिनियरिङको सेयर मूल्य ३.४३ प्रतिशतले बढ्यो ।

यता, मुक्तिनाथ म्युचुअल फण्ड २ को इकाई मूल्य ८.५० प्रतिशत, पाल्पा सिमेन्टको ६.५५ प्रतिशत, स्वस्तिक लघुवित्तको ५.०४ प्रतिशत र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको सेयर मूल्य ४.८१ प्रतिशतले घट्न पुग्यो ।

कारोबारका आधारमा अग्रस्थानमा रहेका कम्पनीहरू

साताको पहिलो दिन मंगलबार कारोबार रकमका आधारमा “७ प्रतिशत नबिल बैंक डिबेन्चर २०८९” २८ करोड ९१ लाख रुपैयाँ बराबरको कारोबारसहित शीर्षस्थानमा रहेको थियो ।

बुधबार रिलायन्स स्पिनिङ मिल्स ३२ करोड २४ लाख १० हजार रुपैयाँको कारोबारसहित शीर्षस्थानमा रह्यो । उक्त दिन इकाई संख्याका आधारमा लिबर्टी इनर्जी ३ लाख ७२ हजार १३३ इकाई र कारोबार संख्याका आधारमा बेनी हाइड्रोपावर २ हजार २१० पटक कारोबार सहित अग्रस्थानमा रहे ।

बिहीबारको बजारमा १६ करोड ७८ लाख ५६ हजार रुपैयाँको कारोबार रकम, ४ लाख ८७ हजार ६३३ कित्ता सेयर संख्या र १ हजार ३८६ पटकको कारोबार संख्यासहित एनआईसी एसिया बैंक तीनवटै सूचकमा शीर्षस्थानमा रह्यो ।

त्यस्तै, शुक्रबार कारोबार रकम र कित्ता संख्याका आधारमा ग्लोबल आइएमई बैंक शीर्षस्थानमा रह्यो । बैंकको २० करोड २२ लाख २१ हजार रुपैयाँ बराबरको ७ लाख ४९ हजार १०८ कित्ता सेयर किनबेच भयो ।

कारोबार संख्याका आधारमा भने शुक्रबार पनि एनआईसी एसिया बैंक १ हजार ८४ पटकको कारोबारसहित अग्रस्थानमा कायम रह्यो ।

प्रकाशित मिति: ५ मंसिर २०८३, शनिबार  १० : ३० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।