धौलागिरी लुघवित्तको आईपीओ आइतबारदेखि खरिद बिक्री गर्न सकिने

0
Shares

धौलागिरी लघुवित्त वित्तीय संस्थाको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) आइतबारदेखि धितोपत्रको दोस्रो बजारमा कारोबारमा आउने भएको छ ।

लघुवित्तको सेयर कार्तिक ३ गते बिहीबार नेप्सेमा सूचीकृत भएको छ । धौलागिरीको चुक्ता पुँजीका आधारमा १० लाख ३१ हजार कित्ता सेयर सूचीकृत भएसँगै कम्पनीको सेयर आइतबारदेखि खरिद बिक्री हुने मार्ग प्रशस्त बनेको हो ।

धौलागिरी लघुवित्तको सेयर कारोबारका लागि नेप्सेले ‘डीएलबीएस’ (DLBS) कारोबार संकेतमा दिएको छ । धौलागिरीको सेयर सूचीकृत भएसँगै नेप्सेले ओपनिङ रेन्ज पनि तोकेको छ । नेप्सेले कम्पनीको सेयर पहिलो पटकको कारोबारका लागि न्यूनतम १४८.६६ रुपैयाँ देखि अधिकतम ४४५.९८ रुपैयाँ निर्धारण गरेको छ ।

अब कात्तिक ६ गते आइतबार कम्पनीको सेयर नेप्सेले तोकेको ओपनिङ कारोबार रेन्जभित्र रहेर कारोबार खुला हुनेछ ।

धौलागिरीले साउन २४ गतेदेखि २९ गतेसम्म जारी पूँजी १० करोड ३१ लाख रुपैयाँको ३२.१० प्रतिशतले हुन आउने ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता आईपीओ जारी गरेको थियो । जसमध्ये ५ हजार १५५ कित्ता कर्मचारीहरुका लागि र १६ हजार ५५० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित राखी ३ लाख ८ हजार २९५ कित्ता भदौ ८ गते बुधबार सर्वसाधारणमा बाँडफाँड गरिएको थियो ।

गोलाप्रथा मार्फत भएको सेयर बाँडफाँटमा ३० हजार ९२९ जनाले १० कित्ताका दरले सेयर प्राप्त गरेका थिए। सोमध्ये भाग्यमानी ५ जनाले थप १ कित्ता अर्थात ११ कित्ताका दरले प्राप्त गरेका थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ३ कार्तिक २०७९, बिहिबार  १४ : ५७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।